Jilla Ban Notis

सुर्यज्योती यूवा क्लबले सांस्कृतिक कार्यक्रम गर्ने ।

0 93

मंसिर २, नवलपरासी

विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसर पारेर बर्दघाट २ चिसापानीमा रहेको सुर्यज्योती यूवा क्लवले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मंसिर ३ गते आइतबार साँझ चिसापानी चोकमा कार्यक्रमको आयोजना गर्ने भएको हो । क्लबले शनिवार बर्दघाट प्रेस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

क्लबका अध्यक्ष राम भण्डारीले कार्यक्रममा शिव परियारको विशेष प्रस्तुती रहने जानकारी दिनुभएको छ । त्यस्तै स्थानीय प्रतिभाहरुको समेत प्रस्फुटन गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । क्लबले लगातार तेस्रो वर्ष विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ रहनुहुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.