Sarawal sit lahar Notis

शान्ति निकुञ्ज मा.बि.ले बिधार्थीलाई दुना टपरी र वातिकाट्ने सीप सिकायाे ।

0 141

ब्रदघाट,कार्तिक -१८
शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बर्दघाट नगरपालिका वडा नम्बर ५ अवस्थित शान्ति निकुञ्ज रेवति गौमाता गौतम मा.बि.ले शुत्रकार बिशेष शुक्रबारिय कार्यक्रम अन्तर्गत विद्यार्थिहरुलाई दुना टपरी र वाति बनाउने सीप प्दान गरेकाे छ ।
बिधाथीहरुलाई जिबनोपयोगि सिप अभिबृद्दि गर्ने उद्देश्यले शिक्षकहरु रअभिभावकहरुको सहजीकरणमा दुना टपरि तथा बाति कात्ने कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कक्षा ६ देखि कक्षा १२ सम्मका बिद्यार्थी हरुका लागि आयोजित यस सिपबिकास कार्यक्रममा विद्यार्थी हरु निकै र उत्साहित देखिएकाे शिक्षक शिबप्रसाद शर्माले बताउनु भएकाे छ । बालबालिकाहरुलाइ किताबि र सैद्धान्तिक ज्ञान् मा मात्रै सिमित नराखि बैज्ञानिक ,ब्यवहारिक र सिपयुक्त शिक्षामा अग्रसर गराउने उद्देश्यले बिद्यालयले केहि फरक कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक बिनोद खनालले बताउनुभयो।
बिद्यालयमा जिबनोपयोगि र आत्मनिर्भर बनाउने शिक्षालाइ प्रोत्साहित गराउने उदेश्यले यश प्रकारका कार्यक्रमहरु संचालन गरियकाे बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अशोक बरालले बताउनुभयो।
विद्यालयको यस काम सराहनीय रहेको र यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने वडाध्यक्ष बिमला गुरुङले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.