Sarawal sit lahar Notis

बर्दघाट नगरपालिकाद्धारा बजार अनुगमन,चामलमा अखाध्यवस्तु भेटियाे ।

0 71

कृष्ण ढकाल
कात्तिक १६, बर्दघाट
बर्दघाट नगरपालिकामा चामलमा अखाद्य बस्तु भेटिएको गुनासो आएसँगै नगरले बजार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा बर्दघाट नगरपालिकाको वडा नम्बर ४, बाढिपिडीत क्षेत्रमा पाच वटा पसलहरुमा अनुगमन गरिएको थियो ।
बर्दघाट नगरपालिकाका उप–प्रमुख नगर तथा अनुगमन समिति संयोजक एवं उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत तथा खाद्य निरिक्षक प्रकाश खनाल, उपभोक्ता हित संरक्षण मंच नेपाल बर्दघाट नगर समिति सचिव कुस्माकर ढकाल, नगरको राजश्व शाखा प्रमुख शारदा जिसी, उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरे पत्रकारलगायतको सहभागीतामा बजार अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा चामलमा अखाद्य बस्तु मिसावट भएको पाएसँगै नगरले करिब पाच क्युन्टल मोटा चामल बरामद गरेको छ । बरामद गरिएको चामलको नमूना परिक्षणका लागि खाद्य गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ ।
बर्दघाट ४ मा बाढिपिडितमा रहेको भण्डारी स्टोर्सबाट २५ किलोग्राम, एम.के स्टोर्सबाट १ सय ७९ किलोग्राम, मल्ल किराना स्टोर्सबाट ७६ किलोग्राम र बर्दघाट ५ बाढिपिडित शान्ति देवी राइस मिलबाट २ सय १४ किलोग्राम गरी करिब ५ क्यिुन्टल मोटा चामल बरामद गरिएको नगरको उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.