Jilla Ban Notis

पत्रकारलाई नबोलाई पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको आपत्ति

0 99

असोज २४, बर्दघाट
पत्रकारहरुलाई खबर नै नगरी पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको भत्सर्ना गरेको छ । आज (बुधबार) प्रेस विज्ञप्ति जारी गरी बर्दघाट १४ मा रहेको उदय युवा क्लबले पत्रकारको उपस्थित विना नै पत्रकार सम्मेलन गरेको प्रति प्रेस क्लब बर्दघाटले आपत्ति जनाएको हो ।

बर्दघाट नगरपालिका र स्थानिय खेलप्रेमीहरुको सक्रियतामा उदय युवा क्लबले गत भदौ २२ गते देखि असोज ७ गते सम्म ‘प्रथम बर्दघाट नगर कप–२०८०’ सञ्चालन गरेको थियो ।
बुधबार विहान साढे ७ बजे कोही पत्रकारलाई खबर नगरी प्रथम बर्दघाट नगर कप २०८० पत्रकार सम्मेलन फुटबल प्रतियोगिताको हिसाब किताब सार्वजनिक भनी लेखिएको ब्यानर प्रयोग गरेको थियो । पत्रकारहरुलाई नबोलाउने तर, आफू पारदर्शी बन्नका लागि ब्यानरमा मात्रै पत्रकार सम्मेलनको आयोजना गर्ने कार्य गरिएको भन्दै क्लब घोर भत्र्सना जनाएको थियो ।
क्लबद्धारा जारी विज्ञत्मिा भनिएको छ ‘पारदर्शी सावित गर्नका लागि पत्रकारलाई खबर नगर्ने तर, पत्रकार सम्मेलनको ब्यानर प्रयोग गरी कार्यक्रम गर्ने र ती कार्यक्रमका तस्बीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने र नागरिकलाई भम्रमा पार्ने जस्ता अवान्छनिय कार्यहरु जो कोहीले पनि तत्काल बन्द गर्न बर्दघाट प्रेस क्लब आग्रह गर्दछ ।’

Leave A Reply

Your email address will not be published.