Jilla Ban Notis

केन्द्रले स्थानिय प्रज्ञा प्रतिष्ठानहरुसंग सहकार्य गरेर अघिबढ्न तयार छ ः कुलपति पोख्रेल

0 88

कृष्ण ढकाल
बर्दघाट,असोज–२३

बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंको सहकार्यमा नाट्य विषयक एक दिवसीय गोष्ठी आज सम्पन्न् भएको छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठान,कलाकार संघ,संगितालय,विधालय,क्याम्पस र कला समुहका बिभिन्न ६० बढी ब्यक्तिहरुको सहभागिता रहेको उक्त गोष्ठीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य पुरु लम्सालले नेपाली कलाको ईतिहास र बर्तमान अवस्थाका वारेमा गोष्ठी पत्र प्रस्तुत गर्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा भएको नाट्यकला गोष्ठीमा बोल्दै प्रमुख अतिथि कुलपति शर्माले केन्द्रिय प्रतिष्ठानले स्थानिय तहका प्रतिष्ठानहरुसंग सहकार्य गरेर अघिबढ्न तयार रहेको धारणा ब्यक्त गर्नु भएको थियो ।
नाट्य विधामा धैर्यता चाहिने भन्दै पहिले र अहिलेको नाट्य गर्नै शैली फरक रहेको बताउनु भएको थियो । उहाँले आफु प्राज्ञ भन्दा पहिले कलाकार भएकाले कलालाई देशभर फैलाउने ईच्छा आफुमा रहेको बताउनु भएको थियो ।

 

त्यसैगरी बरिष्ठ कलाकार सुनिल पोख्रेलले आफुले रोजेर अर्थात ईच्छाएर लागेको क्षेत्रमा जस्तो सुकै परिणाम आए पनि त्यसको जिम्मेवार स्वयम आफै हुनु पर्नै धारणा ब्यक्त गर्नु भएको थियो । उहाँले कलाकारीता भनेको अरुको ईच्छाले भन्दा पनि आफ्नो ईच्छाले लागेका निखारता आउने बताउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिकाबहादुर पहारीको स्वागत मन्तब्यबाट शुरु भएको गोष्ठीमा प्रज्ञासभा सदस्य बद्री सुवेदीको टिप्पणी , सांस्कृति बिभाग संयोजक दीपप्रकाश लोहनीको धन्यवाद ज्ञापन र सदस्य सचिव बामदेव अधिकारीको सञ्चालन रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.