Jilla Ban Notis

पत्रकारहरुले उठाएका सवालहरुमा नगर गम्भिर बनोस ।

0 121

कृष्ण ढकाल
बर्दघाट,असोज–९

नवलपरासीको बर्दघाट नगरपालिकाले नियमिति पत्रकार भेटघाट कार्यक्रम सम्पन्न् गरेको छ । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,नगर प्रवक्ता सन्तु गाहा,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,शिक्षा शाखा प्रमुख लोकराज पन्थी सहित नगरका विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थितीमा गरीएको नियमिति पत्रकार भेटघाट कार्यक्रममा नगरले अहिले सम्म गरेका कार्य सम्पादन र त्यसको प्रभावकारीताका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा यस अघिको पत्रकार घेटघाट कार्यक्रममा पत्रकारहरुले उठाएका बिषयवस्तुहरु सेनेटरी प्याड,प्र.अ. बैठक ,बजार अनुगमन लगाएतका बिषयमा नगरले के कस्तो एक्सन गर्यो ? र त्यसको परिणाम के आयो भन्ने देखि अहिले भैरहेको कर्मचारी नियुक्ती प्रक्रिया,फरक क्षेत्रका कर्मचारीलाई दिईने थप जिम्मेवारी माथि पत्रकारहरुले प्रश्न उठाएका थिए । पत्रकारहरुले उठाएका सवालहरुमा नगर गम्भिर भएर एक्सनमा नजानेहो भने नगरको मासिक रुपमा गरीने पत्रकार भेटघाट कार्यक्रमको कुनै तुक नरहेको पत्रकारहरुको भनाई रहेको थियो ।

पत्रकारहरुले उठाएका केहि सवालहरु प्रक्रियागत रुपमा रहेको र केहि सवालहरु कार्यान्वयन गरी सफल परिणाम समेत आएको भन्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्ययाले पत्रकारहरुसंगै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी नगर प्रवक्ता सन्तु गाहाले आफुले हस्ताक्षर गरेका सुचनाहरुमा समस्या आएको प्रति लज्जीतहुदै आगामि दिनमा सचेत हुने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले नगरका कर्मचारी र जनप्रतिनिधिहरु बिच कार्यसम्पादनका विषयमा रिपोटिङ्ग कम हुनेगरेका कारण समस्या आउने गरेको बताउनु भएको थियो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले निति, विधि र प्रक्रियामा आफुकटिबद्ध भएर कसैको पक्षमा नरहिकन कार्यगर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
यता
पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाले आ.ब. २०८०/०८१ का ९ सय २३ योजनाहरु मध्ये अहिले सम्म २८ वटा योजनाहरु सम्झौता गरेको जनाएको छ । नगरले आयोजना गर्ने मासिक पत्रकार भेटघाट कार्यक्रममा दिइएको प्रगति प्रतिवेदनमा उक्त कुरा उल्लेख गरीएको छ । जस्मध्ये १६ वटा योजनाहरु उपभोक्ता समिति मार्फत गर्न सम्झौता गरेको छ भने ६ वटा ठेक्का मार्फत गर्न सम्झौता गरेको जनाएको छ ।

त्यसैगरी बिभिन्न १७ वटा शिर्षकमा आ.ब.२०८०/०८१ मा नगरले भदौ मसान्त सम्म १ करोड ४ लाख २६ हजार ७ सय ४४ रुपैया राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

न्यायिक समिति तर्फ अघिल्लो आ.ब. को ३१ वटा उजुरीमा १६ वटा उजुरी निरुपण भएको बताईएको छ । जस्मध्ये १० वटा मेलमिलाप भएको र ५ वटा बाँकी रहेको पत्रकारहरुलाई उपलब्ध प्रगति प्रतिवेदनमा उल्लेख गरीएको छ ।
गत साउन महिनामा ३७ वटा र भदौ महिनामा १८ वटा उजुरी परेकोमा १० वटा छलफल भएको जनाईएको छ । जस्मध्ये ९ वटा उजुरी मेलमिलाप भएको उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.