Jilla Ban Notis

गाउँले दर्पणले आयोजना गरेको खुल्ला तिज गित प्रतियोयितामा दिब्यज्योती क्याम्पस प्रथम ।

0 210

बर्दघाट,भदौं–३१

नेपाली नारीहरुको महान चाड हरितालीका (तिज पर्व)–२०८० को अवसरमा गाउँले दर्पण मिडिया प्रा.ली.ले आयोजना गरेको खुल्ला तिज गित प्रतियोगिता २०८० मा दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानी प्रथमहुदै दश हजार नगद प्राप्त गर्न सफल भएको छ ।
त्यसैगरी राजा महात्मा पूर्णभद्र माबि द्धितिय भएर आठ हजार नगद प्राप्त गरेको छ भने प्रगतिशिल आमा समुह चिसापानीले तृतिय भएर पाँच हजार नगद प्राप्त गर्न सफल भएको छ ।

बर्दघाट बजार चोक, (पुरानो चौकी भएको स्थान ) मा आयोजना गरिएको खुल्ला तिज गित प्रतियोयितामा नौ वटा समुहहरुले भाग लिएका थिए । गायक भरत क्ष्ँेत्री संयोजक रहेको निर्णायक मण्डलमा गायक महेन्द्र रेग्मी र बर्दघाट प्रज्ञा सभा सदस्य दयादर्लामी सदस्यमा रहनु भएको थियो ।

शब्द ३०,लय २०,प्रस्तुति १०,सुरताल १०,नृत्य २० र भेष भुषामा १० गरी एक निर्णायकको १ सय पूर्णाङक मध्ये तिनवटा निर्यायकको ३ सय पूर्णाङकबाट प्रतियोगिहरुले प्राप्त गरेको अंकभारका आधारमा रिजल्ट प्रकाशन गरीएको थियो ।

प्रतियोगिताको समुद्घाटन कार्यक्रम गाउँले दर्पण मिडिया प्रा.लीका कार्यकारी निर्देशक कुस्माकर ढकालको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोअवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरको भाषा,साहित्य,कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि नगरले प्रज्ञा प्रतिष्ठान नै स्थापना गरेर अघि बढेको बताउनु भएको थियो । उहाँले त्रिवेणी चोकमा रहेको स्व. गायक लोक बहादुर क्षेत्रीको पार्कलाई पूर्ण ब्यवस्थीत गर्न नगरले बजेट बिनियोजन गरेको समेत बताउनु भएको थियो ।

त्यसैगरी सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमति चमारले बर्दघाट क्ष्ँेत्रमा भएको भब्य कार्यक्रममा पहिलो पटक आएर आफ्ना कुरा राख्न पाएकोमा खुशि ब्यक्त गर्दै आयोजकलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।
शिव प्रसाद शर्माको संचालन रहेको समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङ, वडा नं. ९ का वडाध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक चन्द्रकान्त चापागाई,वडा नं. ५ का वडाध्यक्ष बिमला गुरुङ,बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदसयसचिव बामदेब अधिकारी,बर्दघाट प्रज्ञा प्रतिष्ठान सास्कृतिक बिभाग संयोजक दिपप्रकाश लोहनी,बर्दघाट प्रेस क्लबका उपाध्यक्ष रबिलाल पाण्डे,बर्दघाट उद्योग वाणज्यि संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव शोभकान्त कोईराला,पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी,चिसापानी समुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ,बनशीक्त सामुदायिक वनका सचिव सरादा पोखरेल बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँले दर्पण मिडियाको स्थापना काल देखि अहिले सम्म निरन्तर कार्यरत माधब प्रसाद घिमिरे,आरती राना,चेत बहादुर घले,जिवन न्यौपाने र शिव प्रसाद शर्मालाई सम्मान समेत गरीएको थियो भने गायक भरत क्षेत्री,महेन्द्र रेग्मी, लोक मिजार र सनम श्रीपाली र शर्मिला अर्यालको बिषेश प्रतुति समेत प्रस्तुत गरीएको थियो ।

 

Leave A Reply

Your email address will not be published.