Jilla Ban Notis

सुनवल नगर वाङमय प्रतिष्ठान स्थापना गर्ने तयारी छ ः नगरप्रमुख अर्याल

0 134

कृष्ण ढकाल
भुमही,भदौ–२८
सुनवल नगरपालिकाले सुनवल नगर वाङमय प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको नगर प्रमुख बिमला अर्यालले बताउनु भएको छ ।

साहित्य परिषद् नवलपरासीले आज ज्ञानज्योति माबिमा आयोजना गरेको १५८औं मोतीजयन्ती समारोह रचनावाचन एवम् काब्यविमर्श कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले उक्त कुरा बताउनु भएको हो ।

समाजको यथार्थ चित्रण गरेर साहित्यका माध्यामले नयाँपुस्तालाई जानकरी दिन तथा संस्कार र संस्कृतिको संरक्षणका लागि साहित्य महत्वपूर्ण रहने नगरप्रमुख अर्यालले बताउनु भएको थियो ।

बर्तमानका साझेदार र भविष्यका कर्णदारका रुपमा रहेका बालबालिकाहरुलाई समेत साहित्यीक क्षेत्रमा जागरुक बनाउन जरुरी रहेको अर्यालको भनाई रहेको थियो । नगर प्रमुख अर्यालले जिल्लामा क्रियाशिल साहित्य परिषदको नेतृत्व सहित अधिकांश ब्यक्तिहरु सुनवल नगरकै रहनुले पनि सुनवल साहित्यीक उर्भरभुमी रहेको भन्दै खुशि ब्यक्त गर्नु भएको थियो ।

साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षता र नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष डा. न्यौपानेले साहित्य क्ष्ँेत्रमा तिनै तहका सरकारहरुको ध्यान खासै नगएको गुनासो गर्नु भएको थियो । नेपाली भाषा,कला,साहित्य भनेको नेपालको अमुल्य सम्पत्ति रहेको डा. न्यौपानेको भनाई रहेको थियो ।

कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कुस्माकर ढकाल,साहित्यकार पुराण गुरुङ,तिलक भट्टराई अञ्जान,काशीराम पाण्डे निर्दाेश,भबिश्वर पराजुली,अर्जुन पाण्डे लगाएतले आ–आफ्ना रचना वाचन गर्नुका साथै साहित्यीक मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.