Jilla Ban Notis

आदिकवि रेख बहादुरको ७९औं जन्म जयन्ती मनाइदै ।

0 87

कृष्ण ढकाल
बर्दघाट,भदौं–२५

साहित्यकार रेख बहादुरको ७९औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं। ४ निवासी स्व।रेख बहादुर सारु मगरको नामवाट स्थापना गरीएको मगर भाषाका आदिकवि स्व। रेख बहादुर सारु मगर साहित्य प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी जन्म जयन्ती मनाउन लागेको जानकारी गराएको थियो।

प्रतिष्ठानका अध्यक्ष तारा रानाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यहि भदौं २७ र २८ गते दुई दिन जन्म जयन्ती बिषेश कार्यक्रम गर्नेगरी तयारी पुरा भएको जानकारी गराईएको छ ।

जन्म जयन्ती मनाउने क्रममा भदौ २५ गते पत्रकार सम्मेलन, २७ गते खाना महोत्षब सहित राष्ट्रिय एवं स्थानिय कलाकार र गायककारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यसैगरी सोही दिन कबिता बाचन प्रतियोगिता समेत रहने प्रतिष्ठानका अध्यक्ष तारा रानाले बताउनु भएको छ ।

त्यसैगरी भदौ २८ गते प्रभात फेरी सहित कार्यक्रम स्थलमा पुगेर औपचारीक कार्यक्रम गरी साहित्यकार रेख बहादुरको ७९औं जन्म जयन्ती मनाउने कार्यक्रम तय गरीएको अध्यक्ष रानाले बताउनु भएको छ ।

भदौ २८ गते काठमाण्डौं,पोखरा,जन्म स्थान तनहँु र नवलपरासीमा स्व।रेख बहादुर सारु मगरको जन्म जयन्ती कार्यक्रम मनाउदै आएको प्रतिष्ठानका संरक्षक तथा स्व।रेख बहादुर सारु मगरमा छोरा शिबबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.