Sarawal sit lahar Notis

 टाईम साकोसको १२ औं वार्षिक साधारण सभा  बर्दघाटमा सम्पन्न

37

बर्दघाट भाद्र २३

पश्चिम् नवलपरासीको  बर्दघाटमा रहेको टाईम बचत तथा ऋण सहकारी संस्था लि.बर्दघाटको १२ औं वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष गणेश पाण्डे को अध्यक्षता नेफ्सकुन संचालक समिति सदस्य सन्दिप सापकोटा को प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न् भएको हो। सभामा बोल्दै कार्यक्रमका प्रमुख आतिथि सापकोटाले सहकारी भनेको आर्थिक रुपले कमजोर रहेका आफ्ना सदस्यलाई जीवन स्तर उकास्न लाग्नु पर्ने बताउदै ,सदस्यले पनि आफुले लिगेको ॠण इमान्दारिता पुर्बक सहि ठाउमा योजना बनायर लगानी गरेमा सस्था र सदस्य दुबै सबल हुने बताउनु भयो। कार्यक्रममा बिशिस्ट अतिथि सस्था का सस्थापक अध्यक्ष यबम बर्दघाट नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले केही सहकारी हरु सन्चालकका कारणले गर्दा धारासाही हुन पुगेको हुदा सस्था ले शेयर सदस्य हरुको मन जित्न इमानदारीका साथ काम गर्नु पर्ने,र आफ्ना सदस्य हरुलाइ बित्तीय साक्षरता सम्बन्धि ज्ञान दिनु पर्ने बताउनु भयो।

संस्थाकी उपाध्यक्ष गंगा पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नेपाल बचत तथा ॠण सहकारी केन्द्रिय संघ भुमही शाखा प्रमुख नेत्र सापकोटा लगायतले मन्त्ब्य राख्नु भयको थियो। सो अवसरमा संस्थाले यस वर्ष प्लस टू पास गरेका १२ जना आफ्ना शेयर सदस्यका छोरा–छोरी लगायत उत्कृष्ट बचतकर्ता २ जना,उत्कृष्ट बाल बचतकर्ता २ जना,उत्कृष्ट ॠण कारोबार गर्ने सदस्य २ जना,उत्कृष्ट कर्मचारी ,१ जना र ज्येष्ठ सदस्य ६ जना लाई  सम्मान गरिएको  थियो ।

कार्यक्रममा सस्थाकाअध्यक्ष पाण्डेले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष ओम प्रकाश डुम्रेले संस्थाको आर्थिक प्रतिवेदन ,लेखा संयोजक सुदिप सुबेदिले सुपरिवेक्षण समितिको प्रतिवेदन र ॠण उपसमिति को प्रतिबेदन सम्योजक भरत कंडेल प्रस्तुत गर्नु भएको थियो भने  कार्यक्रमको संचालन संस्थाका सचिव डिल्लीराज कंडेलले गर्नु भएको थियो । २०६८ सालमा विधिवत रुपमा दर्ता भएर आफ्नो सेवा प्रारम्भ गरेको टाईम बचत तथा ऋण सहकारी संस्थामा अहिले २ हजार २ सय ५४ जना शेयर सदस्यहरु रहेका छन् भने संस्थाले अहिले सम्म ११ करोड ५० लाख ७२ हजार रुपैया बराबरको आर्थिक कारोबार गरेको र यस  आर्थिक बर्षमा कुल १२ लाख ७७ हजार शुद्ध नाफा गर्न सफल रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

उत्कृष्ट वित्तिय सेवा भएको दिगो सहकारी संस्था बनाउने लक्ष्य सहित अघि बढेको संस्थाको अहिले बर्दघाट नगरपालिका,प्रतापपुर गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा आफ्नो सेवा क्षत्र रहेको सस्था का ब्यबस्थापक पुरुषोत्तम कंडेल ले जानकारी दिनु भयो।