Sarawal sit lahar Notis

नेहा अक्वाले पानीको गुणस्तर सुधार ग¥यो

0 49

कृष्ण ढका
बर्दघाट,भदाै २२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ जिमिरेभार मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले पानीको गुणस्तरमा सुधार गरेको छ । कमपनीले उतपादन गरेको नेहा अक्वा ब्राण्डको पानीमा प्रयोगशाला परिक्षणका क्रममा कोलिफर्म भेटिएपछि कम्पनीले बजारमा रहेका सबै पानी उठाएर नष्ट गरेको थियो ।
अक्वाले प्लान्टमा यु भी लाईट जडान गरी पुन पानीको नमुना संकलन गरी परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परिक्षणका लागि पठाएकोमा पानीको रिपोर्ट राम्रो आएको हो । कम्पनीले बजामा पठाएको पानी गुणस्तर हिन भएको गुनासो आएपछि बर्दघाट नगरपालिकाले पानीको नमुना संकलन गरी परिक्षणका लागि भैरहवा स्थित खाद्यमा प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएकोमा प्रति सय मिलिलिटरमा कोलिफर्मको मात्रा २१ भेटिएको थियो ।
कम्पनीले खराब पानी सबै नष्ट गरी पानीको नयाँ नमुना परिक्षणका लागि पठाएकोमा रिपोर्ट सकारात्मक आएपछि बर्दघाट नगरपालिकाले पुन पानी उत्पादनका लागि स्विकृति दिएको छ । कम्पनीले एक विज्ञप्ती जारी गरी प्लान्टमा जडान गरिएको यु भी लाईट फ्युज गएका कारण र काम गर्ने कर्मचारीहरुको लापरबाहीका कारण पानीमा खराबी आएकोमा क्षमा याचना गरेको छ । आगामी दिनमा गल्ती नदो¥याउने प्रतिबद्धता जनाउँदै कम्पनीले पानीको गुणस्तरमा सुधार गरेको र अब हरेक महिना पानीको परिक्षण गरी रिपोर्ट सार्बजनिक गर्ने समेत जनाएको छ ।
नेहाको पानी गुणस्तर हिन भएको पाईए संगै कडाईका साथ अनुगमन गरेको बर्दघाट नगरपालिकाले अब नगर भित्रका बजारमा उपलब्ध हुने सबै कम्पनीका पानीको अनिवार्य परिक्षण गर्ने नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताउनुभएको छ । श्रेष्ठले कोही कसैलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार नरहेको भन्दै मापदण्ड पुरा गरी उद्याग संचालन गर्न र गुणस्तरको विषयमा गम्भिर हुन आग्रह गर्नुभएको छ ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरपालिकाले अनुगमनलाई कडाईका साथ अगाडि बढाईएको बताउनुभएको छ । उहाँले अनुगमनका क्रममा कुनै त्रुटि भएको भेटीए तत्काल कानुनी प्रकृया अनुसार अगाडि बढिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.