Jilla Ban Notis

भदौ २२ गते देखि प्रथम बर्दघाट नगर कप २०८० संचालन हुने

0 74

कृष्ण ढकाल
बर्दघाट,भदौ–२१
बर्दघाट नगरपालिका वडा नं.–१४, धर्मवस्तीमा भोली अर्थात भदौ २२ गते देखि प्रथम बर्दघाट नगर कप २०८० संचालन हुने भएको छ ।

उदय युवा क्लवको आयोजना र बर्दघाट नगरपालिकाको बिषेश आर्थिक सहयोगमा सञ्चालन हुन लागेको बर्दघाट नगरपालिका स्तरिय फुटवल प्रतियोगितामा नगरका १६ टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष जिवन कामु मगरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।

वडा नम्बर १४ का वडाध्यक्ष एवं नगर प्रवक्ता सन्त बहादुर गाहाको प्रमुख आतिथ्यतामा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गाहाले नगरस्तरिय प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनु भएको थियो।

त्यसैगरी बर्दघाट नगरका स्थानिय खेलाडीलाई अवसर दिने र नयां खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले बर्दघाट नगरपालिकाले घुम्ती फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गर्ने गरी १४ नं. वडा वाट बर्दघाट नगर कपको शुरु गरीएको बर्दघाट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङले बताउनु भएको थियो ।

सोही अवसरमा बोल्दै बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जिल्ला वा जिल्ला बाहिरहुने फुटबल प्रतियोगितामा नगरको तर्फबाट सहभागिता जनाउनका लागि नगर खेलकुद विकास समितिले ३४ जनाको खेलाडी टिम तयार गरी ४ वटा प्रतियोगितामा भाग समेत लिईसकेको जानकारी गराउनु भएको थियो ।

असोज ६ गतेसम्म सञ्चालनहुने ेउक्त प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयासहित मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार रुपैया सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट डिफेन्स विधामा समेत पुरस्कारको ब्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको थियो । त्यसैगरी प्रतियोगिता सम्पन्न गर्न करिव ६ लाख रुपैया लाग्ने अनुमान गरिएको र त्यस मध्ये प्रतियोगिताको प्रमुख संरक्षक बर्दघाट नगरपालिकावाट ३ लाख, बडा नं. १४ वाट १ लाख र बांकी अन्यवाट संकलन गरी प्रतियोगिता सम्पन्न गर्ने तयारी गरीएको आयोजकले जनाएको छ ।

भोलीको पहिलो खेल बडा नं. ५ र वडा नं. १५ विच हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.