Bardaghat notish

नेपाली काँग्रेस नवलपरासीद्धारा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग

194

बर्दघाट,भदौं–२१
नेपाल तरुणदल पश्चिम नवलपरासीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको बिरोधमा तरुण दलले बिरोध कार्यक्रम गरेको हो ।
तरुणदलले गृहमन्त्री श्रेष्ठको राजिनामा माग गर्दै भुमहिमा एक घण्टा राजमार्ग अवरुद्ध गरेको थियो ।करिब एक घण्टाको चक्काजामले राजमार्ग भएर हिड्ने यातायातका साधनहरु रोकिएका थिए।

कोण सभामा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्र राज कन्डेल र लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालद्वयले खुलेयाम खुकुरी प्रहार हुनुले सिङ्गो सुरक्षा प्रणाली माथी नै गम्भीर प्रश्न उठेको बताउदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजिनामा दिनु पर्ने माग गरेका छन ।हरेक नागरिकको सुरक्षा राज्यको दायित्व सरकारको भएकाले यस्ता क्रियाकलाप निन्दनीय रहेको तरुणदल सभापति सुक बहादुर गुरुङले बताउनु भयो ।