sunwal

सुनवल युनाइटेडले कृष्ण जन्माष्टमी मनायो

83

गाउँले सम्वाददाता

सुनवल,भदौं–१८
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ मा रहेको सुनवल युनाइटेड अंगे्जी आवासीय मा.वि ले कृष्ण जन्माष्टमीको पावन अवसरमा धार्मिक गित सँग सबन्धित नृत्य तथा भेषभूषा प्रर्दशन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल धनराज चापागाईको अध्यक्षतामा भएको प्रतियोगितामा नृत्य तर्फ कक्षा ६ का कसम थापा, सुशीला भूषाल, बिनिता चापागाई, नेन्सी बुढाथोकी, साया गुरुङ्ग, सइस्मा ढकाल, रोमा राना र सिवानी तिवारील ेप्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी कक्षा २ का विद्यार्थीहरु मानस्वी पन्थी, खुशी खरेल, रुबिना कौशीला, सारिका थापा, प्रिन्सा श्रेष्ठ, आयुषा पाण्डे, दृष्टि भट्टराई, दिपीना चापागाई, मान्भि न्यौपाने, मेरीशा ढकाल, रेशमन सुनार, दिप्सन काफ्ले, अमृत पाण्डे, अनमोल पौडेल, प्रतिक चापागाई, जुलिएन हमाल र आरभ शर्माले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । भने कक्षा ५ का विद्यार्थीहरु अनुष्का बि.क, प्रियन्शा कण्डेल, नाम्सु राना, दिया राना, मान्भि थापा, रोशनी कुवर, इभाना आले, दिव्या कुवर, सन्ध्या लम्साल, सुप्रभा पौडेल र ईशा पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।


त्यसैगरी कक्षा ४ का विद्यार्थीहरु शिशिर ढकाल, रिजन पौडेल, आरभ पाण्डे, सुदिप बस्याल, अनुराग पौडेल, बसुन्धरा खवास, आइशा कवर, समृद्धि ढकाल, संस्कृति घिमिरे, कृतिका कवर, जस्मिन कुवर र पुजा वर्माले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
पूर्व प्रा.वि तहको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जी की नम्सीन सारुले प्रथम स्थान, कक्षा एल.के.जी की रसीता थापाले द्वितीय स्थान र कक्षा नर्सरी की सन्शा थापाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी पूर्व प्रा.वि तहको छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा यू.के.जी का कोपिल अधिकारीले प्रथम स्थान, कक्षा नर्सरी का देव प्रसाद ढकालले द्वितीय स्थान र कक्षा नर्सरी का आभास कवरले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
कक्षा १ देखी ६ सम्मको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा १ की केन्जल रानाले प्रथम स्थान, कक्षा २ की मान्भि न्यौपानेले द्वितीय स्थान र कक्षा ५ की नाम्सु रानाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । भने छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा ४ का रिजन पौडेलले प्रथम स्थान, कक्षा १ का प्रतिक रानाले द्वितीय स्थान र कक्षा २ का प्रतिक चापागाईले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
परापूर्वकालदेखी चलिआएको धर्म, संस्कृतिलाई पनि विद्यार्थीहरु मार्फत निरन्तरताको लागी विद्यालयमा कृष्णाष्टी बिषेश कार्यव्रmम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ । कार्यक्रम लेबिसा सेन र प्रिन्सी कार्कीको संचालनमा सम्पन्न भएको थियो ।