Jilla Ban Notis

बर्दघाट नगरका बर्थिङ्ग सेन्टरमा सुत्केरी र कुरुवालाई खाने  र बस्ने सुबिधा ।

जहदा स्वास्थ्य चौकीमा सुरक्षीत प्रसुती सेवा केन्द्रको नव निर्मात भनव समुद्घाटन

0 70

कृष्ण ढकाल

बर्दघाट,भदौ १३

बर्दघाट नगरपालिका वडा नं. १३ जहदामा रहेको स्वास्थ्य चौकीमा सुरक्षीत प्रसुती सेवा केन्द्रको नव निर्मात भनवको समुद्घाटन गरीएको छ ।  वडा नं. १३ का वडाध्यक्ष नर बहादुर चौधरीको अध्यक्ष्ँता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी उक्त भवनको समुद्घाटन गरीएको हो ।

भवनको समुद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका १६ वटै वडाका स्वास्थ्य चौकीमार्फत आधारभुत स्वास्थ्य उपचार प्रदान गरिएको बताउनु भएको थियो। उहाँले नगरले स्थानीय नागरिकहरुको स्वास्थ्य उपचारको बिषयमा गम्भीर भएर लागेको  लागेको बताउदै नगरले निःशुल्क एम्बुलेन्स र सुत्केरी प्रोत्साहन मार्फत ५ हजारनगद प्रदान गरेको समेत बताउनु भयो ।

 

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नागरिकलाई उत्साही गर्ने र  राज्यले तोकेको आधारभुत स्वास्थ्य सेवा सुबिधा निःशुल्क प्रदान गर्नेकार्यमा नगर प्रतिवद्ध रहेको बताउनु भएको थियो । उहांले स्थानीय नागरिकलाई उत्साही गराउने  र बिश्वासीलो सेवा प्रदान गर्न स्वास्थ्य कर्मीहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

 

प्रमुख कार्यकारी अधिकृत प्रकाश खनालले संबिधानले गरेको व्यवस्था अनुसार बर्दघाट नगरले आधारभुत स्वास्थ्य उपचार स्वास्थ्य चौकीबाट प्रदान गर्न लागीएको बताउनु भयो । नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञावलीले जहदा स्वास्थ चौकी पहिला जिर्ण अवस्था रहेको स्मरण गर्दै साबिक जहदालाई केन्द्र बिन्दु बनाएर स्वास्थ्य चौकीमा ल्याव र प्रसुती सेवा बिस्तार गरिएको  जानकारी गराउनु भएको थियो ।

उहाँले स्वास्थ्य चौकीमा सेवालिन आएका सुत्केरीहरु र कुरुवालाई समेत खाने  र बस्ने सम्पुर्ण सेवा सुबिधा बर्दघाट नगरले ब्यवस्थापन गरेको  बताउनु भएको थियो । अहिले बर्दघाट नगरमा ५ वटा बर्थिङ्ग सेन्टर संचालनमा रहेका छन ।

 

कार्यक्रममा जहदा मनहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तथा सहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, वडा नम्बर १३ का वडा अध्यक्ष नरबहादुर चौधरीलगायतले बोल्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.