Jilla Ban Notis

ग्लोबल एकेडेमीद्धारा बिधार्थीहरुलाई दुना टपरी निर्माण गर्ने सिप प्रदान

0 114

बर्दघाट,भदौं–७
बर्दघाट नगरपालिका वडा नं. १० मा रहेको ग्लोबल एकेडेमीले बिधार्थीहरुलाई दुना टपरी निर्माण गर्ने सिप सिकाउने कार्य आज सम्पन्न गरेको छ ।

बढ्दो आधुनिकता सँगै हराउदै जानथालेको दुना टपरी निमार्ण गर्ने सिप र त्यसको प्रयोगका वारेमा बिद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले आज शुक्रबारीय सीप सिकाई कार्यक्रम अन्तर्गत दुना टपरी निर्माण गर्ने सिप प्रदान गरेको थियो ।

नेपाली समाजमा विवाह, ब्रतबन्ध र पूजाका कार्यहरूमा दुना टपरीको प्रयोग गर्ने कार्य पछिल्लो समय क्रमशः हराउँदै जान थालेको छ। बढ्दो आधुनिकतासँगै दुना टपरीका सट्टामा प्लाष्टिक र कागजका सामानको प्रयोग बढेर गएसंगै परम्परागत सिपको लोप हुन लागेको दुना टपरी निर्माण गर्ने सिप प्रदान गरीएको विद्यालय सञ्चालक समितिका हरि अधिकारीले बताउनु भएकोे छ ।

नयाँ पुस्ताहरुलाई सीप हस्तान्तरण गर्नका लागि स्थानीय अमर ज्योति आमा समूह ,अमरदिप टोल,ध्ु्रब महिला समुह,धु्रुब टोल, पैरवी महिला समुह प्लटिङ र नव सिर्जनशिल आमा समुह मौराहाटडीका सदस्यहरुले बिद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

मठमन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूज लगायतमा कार्यहरुमा प्रयोग हुने टपरीलाई राज्यले उद्योगको रूपमा विस्तार गर्न सके रोजागरी सिर्जना हुनुका साथै समाजिक र साँस्कृतिक विकासमा समेत टेवा पुग्ने प्रगति टोल भानुनगरकी हरिकला शर्माको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.