Sarawal sit lahar Notis

ग्रामीण बाल्मिकीको ३०औं ईकाईगत बार्षिक साधारण सभा भोली सकिदै ।

0 35

कृष्ण ढकाल
बर्दघाट,भदौ–७
ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट–७ जिमिरेभारको ३० औँ बार्षिक साधारणसभा ६ वटा इकाईमा विभाजन गरेर सञ्चालन भईएको छ ।

१२ हजार २३ जना सदस्य संख्या रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाको नवलपरासी जिल्लाभरी कार्यक्षेत्र रहेकाले भौगोलीक हिसाबले सबै सदस्यहरुलाई एक स्थानमा भेला गर्दा पायक नपर्ने भएका कारण संस्थाले क्षेत्रगत रुपमा ६ वटा इकाईमा ३० औँ बार्षिक साधारणसभा आयोजना गरेको संस्थाका अध्यक्ष देविप्रसाद अधिकारीले बताउनु भएको छ ।

गतआईतबार देखी शुरु भएको ईकाईगत बार्षिक साधारण सभाले संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नेतृत्व चयन कार्यक्रम समेत गरेको छ । जस अनुसार आईतवार इकाई १ बाल्मिकी सेवा केन्द्र गोपिगञ्जमा ,सोमबार ईकाई २ उदय र मिर्मिरे सेवा केन्द्र ,बर्दघाट १३ धनेवामा, मंगलवार इकाई ३ स्वर्णीम सेवा केन्द्र ,पञ्चनगरमा,बुधवार इकाई ४,बर्दघाट सेवा केन्द्रको दाउन्ने पार्टी प्यालेसमा संस्थाको ३०औंँ बार्षिक साधारण सभा सम्पन्न भएको छ भने आज विहिवार इकाई ५ दाउन्नेदेवि सेवा केन्द्रको क्षेत्री समाजको हल सूर्यनगरमा ईकाईगत बार्षिक साधारण सभा भइरहेको छ ।

भोली ईका ६ अन्र्तगत रहेर संस्थाको केन्द्रिय कार्यालय जिमिरेभारमा ईकाईगत बार्षिक साधारण सभा सम्पन्न गरीने संस्थाकी सचिव राधा ढकालले जानकारी दिनु भएको छ । ईकाई गत रुपमा भइरहेका साधारण सभामा सेवा केन्द्रहरु रहेका सम्वन्धित वडाका वडाध्यक्षहरुलाई प्रमुख अतिथि बनाएर सभाहरु सम्पन्न गरीएका छन ।

केन्द्रहरुमा भएका सबै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा संस्थाका निवर्तमान अध्यक्ष तथा नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सदस्य रविन्द्र बिक्रम हमाल र बिषेश अतिथीका रुपमा बाल्मिकी साकोसका संस्थापक अध्यक्ष एवं सस्थाका सल्लाहकार गणेश प्रसाद पोख्रेलको उपस्थिती रहदै आएको छ ।

त्यसैगरी सबै केन्द्रहरुमा भएका सभामा संस्थाको गत बर्षको आर्थिक २०७९÷ ०८० को प्रगति विवरण तथा आगामीआर्थिक बर्षको निति तथा कार्यक्रम संस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको छ भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले प्रस्तुत गदै आउनु भएके छ । जस्मा संस्थाको कुल १ अरब ८ करोड १८ लाख बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै सस्थाले १ करोड ४० लाख बराबर शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ ।

ग्रामीण बाल्मिकी साकोसमा अहिले ६ हजार ८ सय ३३ महिला ,५ हजार १ सय ८० पुरुष र १० जना संस्थागत गरी १२ हजार २३ जना कुल सदस्य रहेकोमा २ हजार ५९ बाल सदस्य रहेका छन ।
संस्थाले ४ बर्षे रणनैतिक योजना बनाई २५ हजार शेयर सदस्य बनाउने नीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको र संस्थाले बर्दघाट नगरपलिकामा ५ सेवा केन्द्र र केन्द्रिय कार्यलय तथा प्रतापपुरमा १ सेवा केन्द्र गरि ७ स्थान बाट सेवा प्रदान गर्दै आईरहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.