Sarawal sit lahar Notis

निःशुल्क आँखा परीक्षण

0 47

पप्पु रेग्मी, भदौ ३

शुलभ बाल्मिकी बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट – ७ जिमिरेभार पश्चिम नवलपरासीको संस्था स्थापना दिवसको आयोजनामा तथा के. के. बुटवल आँखा उपचार तथा चश्मा घर बर्दघाट – ४ पश्चिम नवलपरासीको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा परीक्षण शिविर आईतवार जिमिरेभारमा सम्पन्न गरिएको छ ।

शुलभ बाल्मिकी बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट – ७, जिमिरेभारको अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता तथा संस्थाका सल्लाहाकार बृहस्पति अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै, संस्थाका सल्लाहाकार एवं प्रमुख अतिथी अधिकारीले यस सहकारीले निक्षेप संकलन र ऋण लगानी असुली काम मात्र नगरि विगतमा पनि सामाजिक कामहरु गर्दै आएको चर्चा गर्दै, पछिलो समय आखाँका रोगीका विरामीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर संस्थाको कमिटीको समन्वयमा १ दिने निःशुल्क आखाँ शिबिर सञ्चालन गरिएको बताउदै, आर्थीक अवस्था कमजोर भएकाहरुलाई आखाँको उपाचार गर्न सहज हुने बताउनुभयो ।

शिविरमा २ सय १६ जनाले आखाँ जाचँ गरेका थिए । ति मध्ये ४५ जनाको आखाँमा सुख्खापनको समस्या रहेको थियो भने, ६ जनाको आखाँको मोति विन्दुको समस्या र २५ जनामा आखाँमा मासु पलाएको विरामीहरु रहेको डाक्टर कासिन्द्र शर्मा बताउनुभयो ।
कार्यक्रमको सञ्चालन उमा माया पराजुलीको रहेको थियो भने स्वागत मनतव्य सह–सचिव लक्ष्मी भुषालले गर्नुभएको संस्थाको व्यवस्थापक लक्ष्मी तिवारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.