Sarawal sit lahar Notis

विद्यालयहरुलाई साख जोगाउन सकस बन्दै

0 37

प्रकाश न्यौपाने
साउन ३२,

कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै पश्चिम नवलपरासीमा सञ्चालित विद्यालयहरुलाई साख जोगाउन कठिन भएको देखिन्छ । कतिपय संस्थागत तथा सामुदायिक विद्यालयहरुले सिमित विद्यार्थीहरुको नतिजाको आधारमा खुसी व्यक्त गरिरहँदा आफ्नो नतिजाको साख भने गुमाइरहेका छन् ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको साकुरा मेमोरियल स्कुलकी छात्रा झरना रानाले ३ दशमलव ७७ जिपिए ल्याएर जिल्ला प्रथम भएको विद्यालयका प्रिन्सिपल सुमित पाठकले जानकारी गराउनुभयो ।

त्यस्तैगरी सामुदायिक विद्यालयमा वाल्मिकी मावि बर्दघाट १ की छात्रा निरा नेपालीले ३ दशमलव ७४ जिपिए ल्याएर सामुदायिक तर्फ जिल्ला प्रथम भएको विद्यालयका शिक्षक प्रेम सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै महाकवि देवकोटाबाट स्वपनीक्षा बरालले ३ दशमलव ७३ जिपिए ल्याएर जिल्ला तेस्रो भएको विद्यालयका प्राचार्य खेमलाल शर्माले जानकारी दिनुभयो ।
यी नतिजा हेर्दा कतिपय विद्यालयका विद्यार्थीहरुको नतिजा अत्यन्तै उत्कृष्ट रहेको देखिन्छ । तर, यीनै विद्यालयकोे नतिजा भने अत्यन्तै न्युन देखिन्छ ।

वाल्मिकी माविले जिल्लाको उत्कृष्ट नतिजा प्रस्तुत गरिरहँदा करिब २५ प्रसिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै दिव्योज्योति मावी चिसापानीमा ४ सय ७७ जना मध्ये १ यस ३५ जना करिब २८ प्रतिशत उत्तिर्ण भएका छन् ।, देवकोटा मावि सुनवलको करिब ४३ प्रतिशत, न्यु लाइफ मावि बर्दघाटमा १ सय ६२ जना मध्ये १ सय ७ जना करिब ६४ प्रतिशत, कुमुदिनी मावि बर्दघाटमा १ सय २६ जना सहभागी मध्ये ८८ जना करिब ६९ प्रतिशत उत्तिर्ण रहेका छन् ।

त्यस्तै शान्ति निकुञ्ज मावी पालडाँडामा २६ जना मध्ये ९ जना करिब ३४ पतिशत, राजा मावी भुताहामा ३१ जना मध्ये ४ जना करिब १२ प्रतिशत, त्यस्तै गंगा माविमा २३ जनामध्ये ६ जना करिब प्रतिशत, सरस्वति माविमा ४५ जना सहभागी मध्ये १३ जना करिब २८ प्रतिशत, त्यस्तै नित्यानन्द रत्नकुमारी मावी भटौलियामा २३ जना सहभागी मध्ये ६ जना करिब २६ प्रतिशत, दाउन्नेदेवी मावि बर्दघाटमा १ सय १५ जना मध्ये ४० जना करिब ३४ प्रतिशत उत्तिर्ण भएका छन् । एक्स आर्मी अवासीय मावीमा २७ जना सहभागी मध्ये ६ जना करिब २२ प्रतिशत उत्तिर्ण भएका छन् ।

यो नतिजालाई हेर्दा अधिकांश विद्यालयहरुलाई आफ्नो साख जोगाउन समेत निकै हम्मेहम्मे भएको देखिन्छ । शैक्षिक क्षेत्रको गुणात्मक सुधारको लागि लागेका सरोकारवाला निकायहरुलाई यो नतिजाले गिज्याइरहेको छ ।

बर्दघाट नगरका विद्यालयहरुको नतिजा

Leave A Reply

Your email address will not be published.