Jilla Ban Notis

शिक्षक महासङ्गले बुझायो शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

0 150

परासी,साउन ३०
नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बि क लाई शिक्षा बिधेयकमा शिक्षकसङ्ग गरिएका ५१ वटा बुद्दाहरुको सहमति लत्याइएकोले बिरोध गर्दै ज्ञापन पत्र बुझाएको सचिब कृष्ण अधिकारीले बताउनु भयो । उहाँ भन्नू हुन्छ -” पटक पटक शिक्षकसङ्ग गरिएका सहमतिलाई लत्याएर बिधेयक ल्याइएको छ ।”

शैक्षिक क्षेत्रको सुधारका लागी लामो समय देखी आउन नसकेको शिक्षा ऎन शिक्षकहरुका माग पुरा हुने गरि ल्याउनु पर्ने नेपाल शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” देशमा भएका विभिन्न परिवर्तनमा शिक्षकहरुले महत्त्वपूर्ण भुमिका खेलि व्यवस्था फेरियो । देशमा व्यवस्था फेरिएपनि शिक्षकहरुका समस्या जहाँ तेहि छन शिक्षकलाई हेर्ने दृष्टिकोण बदलिएको छैन ।” देशको शैक्षिक क्षेत्रको सुधारका लागी शिक्षा ऎन कोशढुङ्गा साबित हुने बताउदै शिक्षकहरुको माग तत्काल सम्बोधन गरी ऎन ल्याउनु पर्ने चापागाईंको भनाइ छ ।

नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन पौडेलले शिक्षा क्षेत्र अत्यन्तै संबेदनसिल रहेको बताउदै राज्यले शिक्षकहरुका तत्काल माग सम्बोधन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष पुस्पराज अधिकारीले अहिले आएको बिधेयकले देशको शैक्षिक बिकास गर्न नसक्ने बताउनु भयो । हिस्टोनको केन्द्रिय सदस्य पशुपति चौधरी, राहत शिक्षक नवलपरासीका जिल्ला अध्यक्ष तारा प्रसाद न्यौपाने, शिक्षक महासङ्गका केन्द्रिय प्रतिनिधि चिरञ्जीवी खनाल, बाल बिकास नवलपरासीका जिल्ला अध्यक्ष जमिला खातुन, नेपाल राष्ट्रिय शिक्षक परिषद नवलपरासीका अध्यक्ष हेमन्त यादवलगायतको बोल्दै शिक्षा बिधेयकको बिरोध गर्दै शिक्षकहरुका माग तत्काल सम्बोधन गर्ने जोडदार माग गर्नु भयो ।

शिक्षकहरुको ज्ञापन पत्र बुझ्दै समन्वय प्रमुख बि.क.ले शिक्षकले राखेका मागहरु पुरा होस भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा पश्चिम नवलपरासीका विभिन्न बिधालयबाट प्रतिनिधिमुलक रुपमा शिक्षक तथा कर्मचारिहरुको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.