Jilla Ban Notis

आदिवासी समुदायको भाषा ,साहित्य र संस्कृतिको संरक्षणमा प्रतिबद्ध छौं ः मन्त्री चौधरी

0 94

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२४
आदिवासी समुदायको भाषा ,साहित्य, संस्कृति, दर्शनको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार लागि परेको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार मन्त्री धर्मबहादुर चौधरीले बताउनु भएको छ । उहाँले आदिवासीहरुको सवालमा कहिकतै आँच नपुग्नेगरी आदिवासीहरुलाई सचेत , प्रतिबद्ध र कटिवद्ध गराउदै प्रदेश सरकार अघि बढीरहेको बताउनु भयो ।

नेपाल आदिबासी जनजाती महासंघ नवलपरासी जिल्ला समन्वय परिषदको आयोजनामा बुधवार बर्दघाटमा भएको २९ औ बिश्व आदिबासी दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो । मन्त्री चौधरीले आदिवासीका परम्परागत सीप र कौशललाई विकास र प्रबर्धन गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो । पछिल्लो समयमा आदिवासीवासीहरुको भाषा,संस्कृति र रहनसहनमा परिवर्तन आउदै गएकोले उनीहरुको उनीहरुको मुल सभ्यता नै शंकटमा पर्नथालेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको थियो ।

नेपाल आदिबासी जनजाती महासंघ नवलपरासी जिल्ला अध्यक्ष तारा रानाको अध्यक्षतामा भएको बिश्व आदिबासी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले आदिवासीहरु आफ्नो हक,अधिकार र पहिचान स्थापित गर्नका लागि एक भएर लाग्नुको अर्को विकल्प नरहेको धारणा राखेका थिए ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ,सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, आदिबासी जनजाती महासंघ नवलपरासीका पुर्व अध्यक्ष देवराज चौधरी, बर्दघाट १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्ग, सुनवल १ का वडाध्यक्ष मनबहादुर थापा मगर, बर्दघाट ७ का वडाध्यक्ष ध्रुववहादुर थारु, थारु कल्याण कारिणी सभा जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी, संघका जिल्ला उपाध्यक्ष गुलाब चौधरी लागएतले आ–आफ्ना धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव देवान गुरुङ्ग र सह–सचिव जोगमाया चौधरीलेगर्नु भएको थियो ।

कार्यक्रम शुरु गर्नुपूर्व बर्दघाटको त्रिवेणी चोकबाट आदिवासी जनजातिमा आवद्ध विभिन्न जातजातिको साँस्कृतिक झाँकि सहितको र्यालिले नगरपरिक्रममा गर्दै दाउन्ने पार्टी प्यालेसमा आएर कार्यक्रम सम्पन्न गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.