Bardaghat notish

मुलुकका हरेक परिवर्तनमा महिलाको भुमिका महत्त्वपूर्ण :महामन्त्री खनाल

174

बर्दघाट,श्रावण–२४

नवलपरासी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले मुलुकका हरेक आन्दोलन र परिवर्तनमा महिलाको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।नेपाल महिला संघ पश्चिम् नवलपरासीले ७६ औ महिला संघ स्थापना दिवसको अवसरमा आज परासिमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री खनालले पार्टीलाई बलियो बनाउन महिला संघ पनि खम्बको रुपमा उभिएको उल्लेख गर्दै अबको नेतृत्व महिलाको हातमा हुनुपर्नेमा जोड दिनु भयो ।

महिला संघ कार्यबहाक अध्यक्ष मिठुदेवी केसिले महिलाहरु एकजुट भएर अघि बढ्नु पर्ने बेला आएको बताउदै संगठन कसैको गोजिको नभै यसमा सबैको समान अधिकार रहेको धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्लाका नेतृत्व लगायत महिलाहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।