Jilla Ban Notis

सरावल गाउँपालिकाको न्यायिक शाखामा आर्थिक वर्ष ०७९/०८० मा १४० वटा उजुरी

0 72

डोल्मा चौधरी
परासी,श्रावण–११
पश्चिम नवलपरासीमा रहेको सरावल गाउँपालिकाको न्यायिक शाखामा आर्थिक वर्ष ०७९।०८० मा १४० वटा उजुरी परेको छ । आर्थिक वर्षको असार मसान्तसम्म ४५ वटा उजुरी उपर छलफल भई सहमतिको रुपमा समाधान भएको छ । बाँकि रहेका ७२ वटा उजुरीहरु प्रक्रियामा रहेको छ भने १८ वटा उजुरी अन्य निकायमा पठाएको साथै ५ वटा बन्द भएको सरावल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक शाखाकी संयोजक बासमति हरीजनले बताउनु भएको छ ।

जग्गा तथा लेनदेन सम्बन्धी धेरै उजुरी परेकामा जग्गा सम्बन्धी २२ वटा उजुरीको समाधान भइनै सकेको छ । यस्तै लेनदेन सम्बन्धी १३ वटा, पानी सम्बन्धी १ वटा गाली वेइज्यती सम्बन्धी ३ वटा ,बाटो सम्बन्धी २ वटा, नागरिकता सम्बन्धी २ वटा, जेष्ठ नागरिक सम्बन्धी २ वटा र दम्पत्ती बीच भएको झैझगडा सम्बन्धी २ वटा समाधान भएको छ ।
समस्याहरुलाई सहज र सरल तरिकाले अगाडि बढाउने प्रकृया अपनाउँदै जनताहरुको अगाडि प्रस्तुत भएको संयोजक हरिजनले बताउनु भयो ।

छलफलको प्रकृयाबाट सहमति खोज्दा पनि पक्ष र विपक्ष बीच मन्जुरी नभएपछि माथिलो निकायमा उजुरी पठाउने गरिएको छ । २ पक्ष बीच मेलमिलाप समझदारी भएको खण्डमा कतिपय उजुरीका फाइल बन्द गरिएको छ । जनताहरुलाई विस्वस्थ बनाउन मेलमिलापको माध्यमबाट समाजमा अफ्ठ्यारो नपर्ने खालको कुराहरुको मध्येनजर गरेर समाधानको प्रकृयामा लगिएको उहाँले बताउनु भयो ।

पुरुष हो या महिला अन्याय अत्याचार सहेर तथा पिडित भएर नबस्न आग्रह गर्दे आफ्नो हक अधिकारको लागि आवाज आफैले उठाउन पर्ने बताउदै उहाँले पालिकाकाको न्यायिक शाखा हरपल साथ र सहयोग गर्न तयार रहको जानकारी दिनु भयो ।

यस्तै सरावल गाउँपालिको न्यायिक शाखामा आर्थिक वर्ष २०७५।०७६ मा १०१ वटा उजुरी परेको, २०७६।०७७ मा १०८ वटा, २०७७।०७८ मा ६० वटा , २०७८।०७९ मा ७७ वटा उजुरी परेको थियो भने ०७९।०८० मा १४० वटा उजुरी दर्ता रहेको पाँच वर्षकै सबै भन्दा बढि उजुरी परेको न्यायिक शाखाका प्रमुख नरसिंह प्रसाद चौधरीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.