Jilla Ban Notis

आ.ब.०७९/०८० मा रामग्राम नगरपालिकमा न्यायको माग गर्दै ५१ वटा उजुरी दर्ता ।

0 47

डोल्मा चौधरी
परासी,साउन–२
आर्थिक वर्ष ०७९/०८० मा नवलपरासीको रामग्राम नगरपालिकमा न्यायको माग गर्दै ५१ वटा उजुरी दर्ता भएका छन । रामग्राम नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिको संयोजक सम्झना चौधरीका अनुसार ५१ वटा उजुरी मध्ये ४५ वटा उजुरीको समस्या समाधान भैसकेको छ भने ६ वटा समाधानकै प्रक्रियामा रहेको उपप्रमुख चौधरीले बताउनु भयो ।

न्यायिक समितिमा दर्ता भएका निवेदनहरु मध्ये धेरै जसो श्रीमान श्रीमति बीचको झै–झगडा र जग्गा सम्बन्धी निवेदनहरु आएको उपप्रमुख चौधरीले बताउनु भयो । अहिले सम्म जग्गा सम्बन्धी भैझगडा मुद्दा ३५ वटा रहेका छन् र भने श्रीमान श्रीमति बीचको मनमुटाव खालको निवेदन १० वटा रहेको उपप्रमुख चौधरीले बताउनु भयो । नगरको न्यायिक समितिमा परेका सबै निवेदनहरुलाई मेलमिलापको माध्यमबाट दुबैपक्षलाई समाजमा अफ्ठ्यारो नहुन गरी समाधानको प्रकृयामा लगिएको उहाँले बताउनु भयो ।

यस आ.ब.मा महिला हिंसा सम्बन्धी मुद्दा दर्ता नरहेको बताउदै उप प्रम्ुख चौधरीले मुद्दा दर्ता नहुँदैमा महिला हिसां घटेको भन्न नसकिने बताउनु भयो । समाजमा हेर्दा महिला धेरै नै पिडित रहेको तर बाहिर आउन नखोजेको भित्री रुपमा जति पिडित भएपनि श्रीमान र घर परिवारको इज्जतजाने भन्ने डरले महिला अभैm पनि खुलेर आउन नसकेको उहाँको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.