Jilla Ban Notis

२०७९ को एस.इ.ई मा सुनवल नगरमा सुनवल युनाइटेडका सन्देश चापागाई सर्वोउत्कृट

0 36

सुनवल, असार –२३

सुनवल युनाइटेड इङ्गलिश बोर्ङिङ्ग सेकेण्डरी स्कुलले एक कार्यव्रmमका बीच माध्यमिक शिक्षा परिक्षा (एस.इ.ई) २०७९ को परिक्षामा सुनवल नगरमा सर्वोउत्कृट जी.पी.ए ३.९५ प्राप्त गर्ने विद्यार्थी सन्देश चापागाई लगायत शत प्रतिशत उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल धनराज चापागाई, संस्थापक सिता चापागाई, सम्पूर्ण शिक्षक शिक्षिका, एस.इ.ई उत्तीर्ण विद्यार्थीहरुलगायत सबै विद्यार्थीहरुको उपस्थितिमा सम्मान कार्यव्रmम आयोजना गरिएको थियो । कार्यव्रmममा बोल्दै विद्यालयका प्रिन्सिपल एव. प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले अथक मिहिनेत तथा निगरानीका साथ विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न विद्यालय हरतरहले लागि परेको बताउँदै यो सफलता हासिल गरिएको जानकारी दिए ।

सुनवल युनाइटेड स्कुलले सुनवल नगरमा उच्च जि.पि.ए सहितको एस.इ.इ नतिजा प्राप्त गर्न सफल भएको बताइएको छ । एस.इ.इ नतिजामा मात्र नभएर नगर जिल्ला, प्रदेश तथा राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समयमा आयोजना हुने अतिरिक्त व्रिmयाकलाप प्रतियोगितामा पनि यस विद्यालयले पटक पटक थुप्रै ऐतिहासिक सफलता प्राप्त गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.