kalika

बर्दघाट नगरपालिका पहिलो पुर्ण संस्थागत सुत्केरी नगर घोषणा

दक्ष स्वास्थ्य कर्मीको व्यवस्था गर्न सरकार लागि परेको छ ः मन्त्री खनाल

54

कृष्ण ढकाल
बर्दघाट,असार २२

पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिका नेपालमा पहिलो पुर्ण सस्थागत प्रसुती सेवा युक्त नगर घोषणा भएको छ । जिल्ला प्रजन्न स्वास्थ्य समन्वय समिति सदस्य सचिब एवं जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले पुर्ण संस्थागत प्रसुती सेवा युक्त नगर घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा पुर्ण संस्थागत प्रसुती प्रतिबेदन बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञावलीले प्रस्तुत गर्नु भएको थियो ।

पुर्ण सस्थागत प्रसुती सेवा युक्त नगर घोषणा कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रदेश सराकारले दक्ष स्वास्थ्य कर्मीको व्यवस्था गर्न सरकार लागि परेको बताउनु भयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य कर्मी बिना गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिने भएकाले प्रदेश सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापनमा लागेको बताउनु भएको थियो ।

लुम्बिनी प्रदेश कुपोषण र मातृशिशु मृत्यु दरबढी रहेको बताउदै मन्त्री खनालले घरमा नै सुत्केरी बनाउन सकिन्छ भन्ने सोचमा परिवर्तन गरि स्वास्थ्य सस्थामा लान सके मातृशिशु मृत्यु दर घटाउन सकिने बताउनु भयो ।

मन्त्री खनालले प्रदेशका अस्पतालहरू रगतको निःशुल्क व्यवस्था मिलाइएको त्यसको खर्च प्रदेश सरकारले बेहोर्ने बताउनुभयो ।अस्पतालहरू मूलतः प्रविधिमैत्री र दस जनशक्ति युक्त हुनु पर्नेमा मन्त्री खनालको जोड रहेको थियो ।

त्यस्तै
संविधान सभा सदस्य बिक्रम खनालले बिकासका बिषयमा अनावश्यक राजनीति गर्न नहुने भन्दै स्वास्थ्य क्षेत्रमा अति सबेदशिल बिषय रहेकोले यसको व्यवस्थापन र दिगोपनमा ध्यान दिनु आग्रह गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठकले सबिधानले प्रदान गरेको अधिकारलाई स्थापित गराउन लाग्नु पर्ने बताउनु भयो । दिगो बिकासको लक्ष्य प्राप्तिका लागी प्रदेश स्तरबाट निरन्तर पहल गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब जनार्दन पन्थी, लुम्बिनी प्रदेशका सभा सदस्य देवकरण कलवार, खड्ग बस्नेत लागायतले बोल्नु भएको थियो।