Jilla Ban Notis

मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न् ।

0 153

जिवन न्यौपाने
बर्दघाट,असार–१०
दिब्य शान्ती युवा क्लब बर्दघाट–४, दिब्य नगरद्वारा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगिता आईतवार सम्पन्न् भएको छ । क्लब का अध्यक्ष खेम बहादुर रानाको अध्यक्षता र बर्दघाट नगरपालिका वार्ड न. ४ का वडाध्यक्ष बेदबिना तिवारीको प्रमुख आतिथ्यता प्रतियोगिता सम्पन्न् भएको हो ।

असार ८ गते शुक्रबार देखि सुरुभएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । शनिवार भएको पहिलो चरणमा ५ ओटा टिमले प्रतिस्प्रद्र्या गरेका थिए । प्रतियोगितामा बर्दघाट २ बासखोलाको नंया नौलो बिहानी युवा क्लब टिम प्रथम भएर नगद रु ६ हजार प्राप्त गर्न सफल भएके छ भने दिब्य शान्ति युवा क्लब बर्दघाट–४ ,दिब्यनगर( आयोजक टिम )ले दोस्रो स्थान हासिल गर्दै नगद रु ४ हजार प्राप्त गर्न सफल भएको छ ।
दिब्य शान्ति इको पार्क मा सम्पन्न भएके उक्त प्रतियोगिताको समापन कार्यक्रममा बर्दघाट नगर खेलकुद समिती संयोजक दिपक थापा, दिब्यनगर तथा शान्तिनगर टोल बिकास समिती अध्यक्ष एवम पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.