Jilla Ban Notis

सुस्ताको कुल बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

0 46

श्याम थापा

सुस्ता ९ असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८०र०८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले अगामी आर्थिक बर्ष ०८०र०८१ को लागि शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार बिकास तर्फलाई जोड दिदै ४८ करोड ३३ लाख ११ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

पालिका कि उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको ४८ करोड ३३ लाख ११ हजारको अनुमानित बजेट मध्ये प्रशासनिक खर्च तर्फ ५ करोड ७५ लाख रहेको छ भने पूंजीगत तथा कार्यक्रम खर्च तर्फ ४२ करोड ५८ लाख ११ हजार रहेको छ ।

त्यसैगरी विभिन्न बिषयगत क्षेत्रमा बाडफाड हेर्ने हो भने आर्थिक बिकास तर्फ १ करोड ७३ लाख २५ हजार,सामाजिक बिकास तर्फ ५ करोड ९७ लाख ११ हजार,पुर्वाधार बिकास तर्फ १३ करोड ४८ लाख ५० हजार,वातावरण तथा बिपद व्यवस्थापन तर्फ ३८ लाख ५० हजार,सुशासन तथा अन्तरसम्बन्धित तर्फ २ करोड ९ लाख ७५ हजार,कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ५ करोड ७५ लाख,संघीय ससर्त तथा प्रदेश ससर्त कार्यक्रम तर्फ १४ करोड ८३ लाख ५० हजार,विभिन्न कार्यक्रम म्याचिङ्ग तर्फ ४७ लाख ५० हजार र वडा कार्यालय तर्फ ३ करोड ६० लाख रहेको छ ।

सो गाउँ सभामा निति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो सुस्ता गाउँपालिका अध्यक्ष एव सभाका सभाअध्यक्ष टेकनारायाण उपाध्यायले सुखी सुस्ताबासी समृद्ध सुस्ताको मुल नारा सहित अगामी आर्थिक बर्ष ०८०र०८१ को लागि शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार तर्फलाई जोड दिएर निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँपालिका अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रममा भौतिक पुर्वधार बिकास तर्फ १० सैयाको अस्पताल निर्माण,सडक,बिधुतिय सिचाइ,गाउँपालिका स्तरीय गौरव कार्यक्रम,सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता गाउँपालिका क्षेत्रमा रहेका धार्मिक,सास्कृतिक,प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऎतिहासिक धार्मिक स्थल मदरबाबा,अनोमा घाट,दुर्गा मन्दिर महलबारी,बालपुरी मन्दिर,सत्पती चुहाडी मन्दिर,बिगैप घोलमा रमरिण्य पोखरी निर्माण र सुस्ता सास्कृतिक सङ्ग्राहालयको निर्माण लगायतका क्षेत्रमा रहेको छ ।

शिक्षा तर्फ अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम,एक वडा एक नमुना बिधालय,निशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी, खेलकुद तर्फ खेलाडी उत्पादन,रंगशाला निर्माण र गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता लगायतका क्षेत्रमा समावेश गरिएको छ ।

त्यसैगरी स्वास्थ्य तर्फ १० सैयाको अस्पताल,पालिकाबासीलाई आधारभुत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने र सरसफाइ तर्फ स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ बाल मैत्री स्थानीय सरकार घोषणा गर्न आवश्यक प्रक्रियाको थालनी,महिला हिंसा,बाल श्रम,बालबिवाह,अनमेल बिवाह जस्ता समस्याको न्यूनीकरण,पालिका भित्र सम्पुर्ण वडामा महिला समुह गठन,छोरी सुनौलो भबिस्य कार्यक्रम,कुष्ठरोग तथा महामारी रोग खोजपडताल,अपाङ्गता, जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले ल्याएको सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०८०र०८१ को बार्षिक निति तथा कार्यक्रम र आगामी आर्थिक बर्ष ०८०र०८१ को अनुमानित गरिएको प्रस्तुत बजेट १३ औं गाउँ सभाले पास गरेको छ भने सभाले शिक्षा ऎन,स्वास्थ्य ऎन,खरिद नियमावली ऎन,घ बर्गका निर्माण ब्यवसाय ऎन र संस्था दर्ता सम्बन्धि ऎन गरि ७ वटा ऎनको आज सभाले संशोधित गरेको छ भने गाउँ सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.