Jilla Ban Notis

प्रतापपुर गाउपालिकाको बजेट ७७ करोड

0 52

प्रकाश न्यौपाने
असार ७
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले २०८०/८१ का लागि ७७ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।
आज बिहिवार प्रतापपुर गाउँपालिकाको १४ औं गाउ सभामा उपाध्यक्ष मान कुमारी चौधरीले ७७ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।जस अन्तरगत कृषि र पशु पालनमा २ करोड, आर्थिक बिकासको क्षेत्रमा ४ करोड, शिक्षा क्षेत्रमा ३ करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा २ करोड, सामाजिक बिकास क्षेत्रमा ६ करोड ७२ लाख ५ हजार, बिपत व्यबस्थापनमा ३५ लाख, शुशासन तथा संस्थागत बिकासका क्षेत्रमा ४ करोड ७ लाख ७ हजार, कार्यालय व्यबस्थापनमा ११ करोड बजेट बिनियोजन गरेको छ ।

“हामी सबैको सार्थक प्रयास, प्रतापपुरको समग्र बिकास” भन्ने मुल नारालाई आत्मासाथ गर्दै निति तथा कार्यक्रम र बजेट ल्याइएको प्रतापपुर गाउँ पालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नू हुन्छ -“हामीले सिमित स्रोत र साधनको बाडफाड गर्दै आधिकतम लाभ लिन सकिने तवरले काम गर्न सकिने गरि निति कार्यक्रम र बजेट ल्याएका छौ ।”

उक्त बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण, समपुरक अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड र शसर्त अनुदान समेत समावेश भएको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्ष २०७९\८० को लागि भने नगरपालिकाले ५९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.