Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको ५औं घुम्ति श्रृंखला सम्पन्न् ।

0 52

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३२
बर्दघाट प्रज्ञा प्रतिष्ठानले शुरूगरेको साहित्य,सङ्गितिक,कला तथा सांस्कृतिक घुम्ति कार्यक्रमको ५ औं श्रृखला सम्पन्न् भएको छ । भाषा साहित्य विभागको आयोजनामा भएको उक्त कार्यक्रमको ५औं श्रृखला बर्दघाट–१४ गंगावस्तीमा सम्पन्न भएको छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य तथा भाषा साहित्य विभागका संयोजक हुमनाथ आचार्यको अध्यक्ष्ँता र बर्दघाट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १४ का वडाध्यक्ष सन्त बहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रवक्ता गाहाले नगरको समग्र भौतिक विकास भन्दा ठुलो विकास भनेको बौद्धिक विकास रहेको बताउनु भएको थियो । उहाँले नगरको विकासमा खुशिहुने भनेकै नगरको
प्राज्ञीक क्षेत्रमा कति सफलता प्राप्त गर्न सकियो भन्ने कुराले सबैभन्दा बढी अर्थ लाग्ने बताउनु भएको थियो । कला र गलाको क्षेत्रमा समेत अब्बल रहनु भएका गाहाले कार्यक्रममा निक्कै मार्मिक कालजय गितहरु समेत गायन गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथि वडा नं. १६ का वडाध्यक्ष तथा नगरका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङले बर्दघाट प्रज्ञा प्रतिष्ठानले प्रतिभाको खोजी गर्ने र नवोदिपहरुका लागि स्थान प्रदान गर्ने सोंचले दाउन्ने क्लस्टरमा आएर कार्यक्रम गरेकोमा धन्यवाद प्रदान गर्नु भएको थियो । यस पटकको कार्यक्रममा बिभिन्न कारणले आफुहरुले सबैक्षेत्रका जातीय संस्कृति झल्किने प्रस्तुतीहरुलाई समावेस गर्न नसकेको बताउदै आगामि दिनमा हुने प्रज्ञाको कार्यक्रमलाई सभ्य र भब्य बनाउनमा आफु कटिबद्ध रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य तथा भाषा साहित्य विभागका सदस्य कुस्माकर ढकालको सञ्चालन र प्रतिष्ठानका परिषद सदस्य तथा सांस्कृति विभागका संयोजक दिपप्रकाश लोहनीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा,सदस्यसचिव बामदेव अधिकारी,परिषद सदस्य रामहरि अधिकारी,उत्तमध्वज के.सी.विनोदकुमार चौधरी,चन्द्र ढकाल लगाएतले आ–आफ्ना रचनाहरु वाचन तथा गायन प्रस्तुत् गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.