Sarawal sit lahar Notis

खानेपानी र सरसफाई विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

0 42

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२८

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालेको आयोजना र बिभिन्न संचार संस्थाहरुसंगको सहकार्यमा खानेपानी र सरसफाई विषयक अन्तरक्रिया कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
२४ औँ राष्ट्रिय सरसफाई सप्ताह २०८० को अवसरमा आयोजना गरीएको उक्त अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख देखि बर्दघाट नगरका बिभिन्न खानेपानी संस्थाहरुका पदाधिकारी,वन समुह,बजार समिति,उद्योग वाणिज्य संघ लगाएतका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रम बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका अतिविपन्न घर परिवार जस्ले रकम अभावका कारण खानेपानीको धारा जडान गर्न पाएको छैन त्यस्ता ब्यीक्तहरुलाई वडाको सिफारीस सहित नगरमा पठाएमा नगरपालिकाले निःशुल्क धारा जडान गरीदिने बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाका निर्वमान नगर प्रमुख धिरज शर्मा बस्यालले खानेपानी संस्थाहरुमा उपभोक्ताहरुले ५ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको र यसलाई हटाउनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले खानेपानीको क्षेत्रमा महासंघले लुम्बिनी प्रदेश सरकार तथा विभिन्न निकायहरुमा पहल गरिरहेको बताउनु भएको थियो । उहांले रुपन्देही गएको जिल्लाको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय पुनः जिल्लामा आउने समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट बजार विकास समितिका अध्यक्ष ताराप्रसाद गौतम,पारिजात वनका अध्यक्ष चुडामणी भण्डारी लगाएत खानेपानी संस्थाहरुबाट जहदा मनहरी,क्रमैया लगाुना,भानुनगर,पञ्चनगर,दाउन्ने देवि लगाएतका संस्थाका अध्यक्षहरुले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.