sarawal

के हुँदैछ बर्दघाटको ट्रमा ? जग्गा आवास कम्पनीकै भरमा

998

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ–१

नेपालमा काठमाण्डौं बाहिर पहिलो पटक नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माण गर्ने भनेर २ बर्ष अघि बजेट भाषण सुनेर खुशिभएका बर्दघाट नगवासीहरु बजेट भएर पनि काम नगरेको देख्दा जनप्रतिनिधि,राजनितिक दल र कर्मचारीहरुको ट्रमाको ड्रमा सुनेर आजित भएका छन् ।
बहुबर्षीय बहुउपयोगी योजनाको रुपमा रहेको बर्दघाटको ट्रमा सेन्टरका लागि १० करोड बजेट त्यसै फ्रिजहुने संभावना देखेपछि अहिले एकले अर्कालाई दोस लगाउने बाहेक काममा शुन्यप्रगति भएको छ । लामो समय देखी ट्रमा सेन्टर निर्माण हुने चर्चा भैरहे पनि अहिले सम्म जग्गा ब्यबस्थापन गर्न नसकेकै कारण ट्रमा सेन्टर निमार्णमा ढिला भएको छ ।

बर्दघाट नगरपालिकाले ट्रमाका लागि जग्गा उपलब्ध गराउन नसकेपछि टेण्डर आव्हानमा ढिलाहुने र रकम फ्रिजहुने भन्दै नवलपुरका नेताहरुले ट्रमा सेन्टर नवलपुरमा लैजाने कोसिस पनि गरीरहेकै छन् ।
यता बर्दघाट नगरवासीहरु देखि राजनितिक दलका नेता कार्यकर्ताहरुले भने दलगत स्वार्थ र आर्थिक चलखेलका पछि नलागेर नगरको पहिचान र मानविय सेवालाई समेत ध्यानमा राखेर सबै एकभएर बर्दघाट नगरको जुन कुनै स्थानमा भएपनि ट्रमा सेन्टर निमार्णमा लाग्नु पर्ने आवाज उठाई रहेका छन । नगरवासीहरुसंगै अहिले सबै नेताहरुले समेत कुनैपनि बाहानामा ट्रमा सेन्टर बर्दघाटनगर भन्दा बाहीर जानहुने बताएका छन ।

बर्दघाट नगरपालिकाले भने कहिले पञ्चनगर,कहिले चिसापानी आवासको जग्गा त कहिले योगिकुटिको जग्गा भन्दै मन्त्रालय धाउदैमा ठिक्क छ । अहिले पछिल्लो समय बर्दघाट नगरपालिकाको एउटा टिमले चिसापानी आवास कै जग्गामा ४० बर्षको लिजमा जग्गा लिने र ट्रमा सेन्टर बनाउने भन्दै मन्त्रालय धाईरहेको छ भने अर्काे टिमले त्यसप्रति विमति जनाउदै पञ्चनगरमा बनाउने बताएको छ ।

यसरी ट्रमा सेन्टरको बहसको सरगर्मी बढिरहे पनि बर्दघाट नगरभित्र रहेका विभिन्न दलका नेतृत्वहरुले भने आ–आफ्ना धारणाहरु प्रस्तुत गरेका छन् तर ट्रमा सेन्टर निमार्णका लागि नितिगत रुपमा परिणाम आउनेगरी कसैले पनि कस्सीएर लागेको भने देखिदैनन् ।

जग्गाको टुङ्गो लगाउनका लागि नगर प्रमुख शम्भुलाल श्रेष्ठ सहितको टोली अहिले करिव १० दिन देखि काठमाण्डौमा छ । उता शहरी विकास कार्यालय चितवनले ट्रमा सेन्टरको निर्माणका लागि टेण्डर प्रकाशन गर्न जग्गाको टुंगो लगाउन भनी गत भदौमा पत्राचार गरे पनि हाल सम्म ठोस रुपमा टुङ्गो लाग्न सकेको छैन । बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले ट्रमा सेन्टर चिसापानीकै जग्गामा बनाउने निर्णय र पञ्चनगरको वडा कार्यालय रहेको जग्गामा बनाउने दुबै निर्णय गरेको छ । त्यत्तिमात्र हैन पञ्चनगरमा बनाउने निर्याय गरे संगै नगरपालिकाले सर्वदलिय बैठक बोलाएर सबैसंग राय सुझाव समेत लिने काम गरेको थियो । जुनबेला दलका सबै प्रतिनिधिहरुले नगरपालिकाको निर्णयमा सहमती जनाएको बताएका छन् ।

मैले ट्रमा सेन्टरको चर्चा देश भर शुरु त गरे तर बर्दघाट नगरले जग्गा ब्यबस्थापन नगर्दा बर्दघाटमा समस्या भयो ः– पूर्व मन्त्री त्रिपाठी

जनता प्रगतिशिल पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफ्ना कारणले ट्रमा सेन्टरको चर्चा देशब्यापी रुपमा सुरु भएको बताउनु भएको छ ।उहांले आफु स्वास्थ्य मन्त्री हुँदा काठमाण्डौमा एक ठाउँमा रहेको ट्रमा सेन्टर उपत्यका भन्दा बाहीर पनि आवश्यक महसुस गरी बर्दघाटमा ट्रमाका लागि १० करोठ बजेट विनियोजन गरेपछि ट्रमा सेन्टरको चर्चा देशब्यापी रुपमा सुरु भएको बताउनु भएको छ ।

उहााले त्यस अघि ट्रमाको बारेमा कहिँ कतै पनि चर्चा परिचर्चा नभएको बताउँदै बर्दघाटमा परेको योजना बाहिरिन नहुने बताउनु भएको छ । बर्दघाटको ट्रमाको लागि जग्गा ब्यबस्थापन गर्न गत भदौमा नगरपालिकालाई सहरी विकास कार्यालय चितवनले पत्राचार गरे पनि त्यस यता लामो समय सम्म नगरपालिका गम्भिर नभएको उहाँको भनाई रहेको छ । आफुले दिब्यज्योती बुहुमुखी क्याम्पसको क्याम्पस सभामा ट्रमाको बिषयमा जोडतोडका साथ गम्भिर रुपमा उठाएपछि बल्ल बर्दघाट नगरपालिकाले जग्गाको विषयमा काम अगाडि बढाएको बताउनु भएके छ।

जग्गाको विषयमा बोर्डले निर्णय गर्नुपर्ने भएकोले हाल सम्म बोर्डले निर्णय गरीनसकेको उहँको भनाई रहेको छ । चालु आर्थिक बर्षको बजेट भाषणमा रुपन्देहीको सैनामैना र नवलपुरको देवचुलीमा ट्रमा बाउने उल्लेख भए पनि बजेट विनियोजन नभएको र बर्दघाटका लागि यस अघिनै बजेट विनियोजन भएको कारणले हाल सम्म बर्दघाटमा बन्ने सम्भावना जिवीत बनेको बताउनु भयो । यदि कसै गरी जेठ १५ गते भित्र प्रकृया सुरु नभए आगामी बर्षका लागि हुने बजेट भाषणमा योजना अन्यत्र स्थानान्तरण हुने सम्भावना रहेको उहाँको भनाई रहेको छ । नेपालको भौगोलिक अवस्था र सडक संरचनाको अवस्था हेर्दा कम्तिमा देशभर ६ ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अध्ययनले देखाएको त्रिपाठीले बताउनु भयो ।

मैले आफ्नो तर्फवाट पहल गरेकी छु ः सांसद खनाल (भुषाल)

नवलपरासी निर्वाचन क्षेत्र नं. १ की सासद सरीता खनाल (भुषाल)ले बर्दघाटमा निमार्ण हुने भनिएको ट्रमा सेन्टर निमार्ण गर्नकालागि नगरपालिकाले जग्गाको टुङ्गो लगाउन नसकेकाले समस्या भएको भन्दै आफुले आफ्नो स्तरवाट जग्गा प्राप्तीका लागि पहल गरेको बताउनु भएको छ । उहाँले दलगत भन्दा पनि एकतामा कामगरेमा छिटो सम्भव रहने भएकाले जग्गा प्राप्तीसंगै नगरसंग भएको जग्गामा नगर भित्र जहाँ भएपनि ट्रमा सेन्टर बनाउने तर्फ नगर लाग्नुको अर्काे विकल्प नरहेको बताउनु भएको छ ।

बर्दघाट नगर भन्दा बाहिर जान दिदैनौं ः संसद पाठक

बर्दघाटमा बन्ने भनेको ट्रमा सेन्टर बर्दघाट नगर भन्दा बाहिर कुनै पनिहालतमा जान नदिने प्रदेश सांसद विश्व प्रेम पाठकले बताउनु भएको छ । उहांले अहिले आफु विरामी परेका कारण त्यस विषयमा लाग्न नसकेको बताउदै आफुले सक्दो गर्ने बताउनु भएको छ । तर बर्दघाटनगरको जहां भएपनि बन्छ र बनाउने काममा आफु लागि पवर्ने बताउनु भएको छ ।

चिसापानी र पञ्चनगर जता हुँदा पनि फरक पर्दैन ः– संविधान सभा सदस्य खनाल

नेपाली काँग्रेस लुम्विनी प्रदेश महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनालले ट्रमासेन्टर चिसापानी वा पञ्चनगर जता बने पनि फरक नपर्ने बताउनु भएको छ । उहाँले कुनै पनि बाहनामा ट्रमाको योजना नगर भन्दा बाहिर जान नहुने पक्षमा आफु रहेको समेत बताउनु भयो। नगरपालिकाले एक पटक सर्वदलिय बैठक बोलाए पनि त्यस यता कुनै पनि समन्वय नभएको उहाँको भनाई रहेको छ ।

नगरपालिकाले समन्वय नगरे पनि आफुले आफ्नो तरिकाले ट्रमाका लागि पहल गरिरहेको नेता खनालको भनाई छ । चिसापानी जग्गाको विषयमा जग्गा गुम्न नहुने त्यो जग्गा गुमेमा नगरको असक्षमता पुष्टि हुने समेत बताउनु भएको छ ।

राष्ट्रिय आवास कम्पनीसँग जग्गा भाडामा लिइएर ट्रमा सेन्टर बन्छ ः – नगर प्रमुख श्रेष्ठ

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर निर्माणका लागि अब अन्तिम चरणमा पुगेको बताउनु भएको छ । जग्गाको अन्तिम टुङगो लगाउन र आवश्यक प्रकृयाहरु पुरा गर्नका लागि केहि दिन देखी आफुहरु काठमाण्डौमा रहेका बताउनु भएको छ । ट्रमा सेन्टर बर्दघाटमै बन्ने निश्चिम भएको बताउँदै जग्गाका लागि राष्ट्रिय आवास कम्पनी सँग भाडामा लिने गरीनै टुंगोमा पुुगिने तयारीमा रहेको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ । अब आफुहरु ट्रमा सेन्टरको सबै काम सकेर मात्र बर्दघाट आउने तयारीमा रहेको जानकारी गराउनु भएको छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार हाल चिसापानी अस्पताल रहेको ठाउँ देखी पश्चिम तर्फको जग्गामा ट्रमा सेन्टर बन्ने र अस्पताल रहेको जग्गाको लागि भने पुर्जा प्राप्ती गर्नका लागि आवश्यक प्रकृया अपनाईने छ । ट्रमा सेन्टरका लागि भने जग्गा भाडामा दिने कार्यपालिकाको निर्णय कार्यान्वयन गरिने बताउनु भएको छ।

यसअघि नगर प्रमुख श्रेष्ठले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बर्दघाट संचार क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै बैशाख २५ गते भित्र प्रकृया सुरु नभए गाह्रो हुने बताउनु भएको थियो तर अहिले सम्म ट्रमा सेन्टरको कुनै ठोसरुपमा अन्तिम टुंंगोमा भने पुग्न सकेको छैन ।

चुनाब नजिकिएका कारण कार्यान्वयन गर्न सकिएन ः– निवर्तमान नगर प्रमुख बस्याल

बर्दघाट नगरपालिकाका पहिलो नगर प्रमुख धिरज शर्मा बस्यालले आफ्नो कार्यकालमा ट्रमा सेन्टरको योजना आएपनि शिर्षक मिलाउदा मिलाउदै चुनाव आएका कारण आफुले काम गर्न नपाएको बताउनु भएको छ ।
जतिबेला बजेट बक्तब्य मार्फत बर्दघाटमा ट्रमा सेन्टरको योजना प¥यो तत्कालिन समयमा बर्दघाट नगरपालिकाको नगर प्रमुखको रुपमा धिरज शर्मा बस्याल हुनुहुन्थ्यो । निबर्तमान नगर प्रमुख बस्यालले आफुहरुले बजेट कार्यान्वयन गर्ने समय र चुनाबको समय जुधेका कारण बजेटलाई कार्यान्वयनमा लैजान नसकेको बतानु भएको छ । आफ्नो कार्यकालमा ट्रमा सेन्टरको बजेटमा बर्दघाट उल्लेख गरे पनि सहरी विकास कार्यालय चितवनको रेकर्डमा दाउन्ने उल्लेख भएकोले त्यसलाई सच्याएर बर्दघाटका लागि सुनिश्चित गर्ने कार्य गरिएको उहाँको भनाई रहेको छ । पहिले योजना भयो बजेट भएन पछि बजेट भयो चुनाव आयो त्यसैले ट्रमा सेन्टरको काम गर्न नपाएको उहााले बताउनु भएको छ । तत्काल काम सुरु गर्नका लागि १० करोड बजेट विनियोजन भए पनि काम नभएपछि त्यो रकम फ्रिज भएको थियो ।

एमाले जिल्ला सचिव समेत रहेका बस्यालले नगरपालिकाले एक पटक सर्वदलिय बैठक राख्दा नगरभित्र जहाँ बनाउँदा पनि फरक नपर्ने धारणा राखेकोमा त्यस यता एक अर्का दलहरुविच कुनै छलफल नै नभएको बताउनु भएको छ ।

जग्गा लिने कुरा गलत छ यसले चिसापानीको जग्गाको मुद्दा कमजोर बनाउँछ ः– माओबादी नेता यादव

नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवले ट्रमा सेन्टर चिसापानीमै बन्नुपर्ने आफ्नो धारणा रहेको तर जग्गा भाडामा लिने कुरा भने सहि नहुने बताउनु भएको छ । चिसापानीमा रहेको जग्गा राष्ट्रिय आवास कम्पनीसंग भाडामा लिएर ट्रमा सेन्टर बनाउँदा जग्गाको मुद्दा कमजोर हुने उहाँको भनाई रहेको छ । उहाँले त्यो जग्गा कुनैपनि हालतमा नगरपालिका माताहत आउनुपर्ने र खरिद गर्नुपरे पनि नगरपालिका तयार हुनुपर्ने धारणा ब्यक्त गनुभएको छ। चिसापानी अस्पताल संगै ट्रमासेन्टर बनाउँदा अन्य उपचारका लागि पनि सहज हुने भएकोले त्यहि जग्गानै उपयुक्त हुने उहाँको भनाई छ् ।

 

नगरबाट नगुम्ने भरपर्दो सुनिश्चितता हुनुपर्छ ः नेकपा एकिकृत समाजबादी नेता अधिकारी

नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य बृहस्पती अधिकारीले ट्रमा सेन्टर बर्दघाटबाट नगुम्ने सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ । उहाँले सबै पक्ष विच एकरुपता नभएको बताउँदै योजना नगरबाट बाहिर जान नहुने बताउनु भयो । बर्दघाट बासीका लागिमात्र नभएर देशकै गौरवको योजना भएकोले यसका लागि सबैले मिलेर काम गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

 

हामीले जग्गा बिक्रि वा लिजमा दिने बाहेक विकल्प छैन ः– योजना प्रमुख थापा

राष्ट्रिय आवास कम्पनी बर्दघाटका योजना प्रमुख महेन्द्र थापाले ट्रमा सेन्टरका लागि आवश्यक जग्गा बिक्रि वा लिजमा मात्र उपलब्ध गराउन सकिने बाहेक अन्य विकल्प आफुहरुसंग नरहेको बताउनु भएको छ । थापाले यस अघि चिसापानी अस्पतालका लागि ८२ कठ्ठाको पुर्जा उपलब्ध गराउने मौखिक सहमती भए पनि अहिलेको परिस्थितिमा कुनैपनि हालतमा पुर्जा उपलब्ध गराउन नसकिने बताउनु भएको छ । उहाँले जग्गाको प्रयोग बापत भाडा बुझाउने शर्तमा सम्झौता हुने बताउनु भएको छ ।
चिसापानीमा रहेको जग्गा राष्ट्रिय आवास कम्पनीले विक्रिका लागि टेण्डर प्रकाशन गरे यता स्थानियले निरन्तर विरोध गर्दै आएका छन् । उनीहरुले जग्गा सार्बजनिक हुनुपर्ने माग गर्दै आएका छन् । हाल ट्रमाका लागि उपलब्ध गराउने जग्गा भने टेण्डर मार्फत विक्रि प्रकृया अगाडि बढेको जग्गा बाहेकको जग्गा रहेको थापाले जानकारी गराउनु भएको छ ।

नवलपुरकी बर्दघाट भन्ने दुबिधा सकियो ः – सामाजीक अगुवा यमबहादुर थापा

लामो समय देखी चिसापानी जग्गाको विषयमा लागिपर्दै आएका यमबहादुर थापा अहिले नगर प्रमुखकै टोलीमा काठमाण्डौमा रहनु भएको छ । उहाँले ट्रमा सेन्टर बर्दघाटबाट बाहिरिए र नवलपुर जान्छकी भन्ने दुविधा अन्त्य भएको बतानु भएको छ । चिसापानीमै ट्रमा सेन्टर बन्ने गरी दुई तिन दिनमै टुङ्गो लाग्ने थापाको भनाई छ । राष्ट्रिय आवास कम्पनीसँग जग्गा भाडामा लिने की अन्य उपाय अवलम्बन गर्ने भन्ने २÷३ वटा विकल्पमा छलफल भैरहेको थापाले बताउनु भएको छ । अन्य विकल्प कस्तो हुने भन्ने बारेमा भने उहाँले केही खुलाउन चाहनु भएन ।

चिसापानीमै बन्नु पर्छ ः स्थानीयवासी कृष्ण पाण्डे

बर्दघाट नगरपालिका वडा नम्वर २ का निवर्तमान वडासदस्य तथा युवा समाज सेवी कृष्ण पाण्डेले कुनै पनि हालतमा ट्रमा सेन्टर चिसापानीमा हुनु पर्ने बताउनु भएको छ । चिसापनीका जनताले के गर्नु पर्नेहो भन्नु पर्यो गर्न तयार छन तर बिभिन्न बहानामा ट्रमासेन्टर गुमाउने काम गर्नु नहुने बताउनु भएको छ । कसरी हुन्छ रमक फ्रिजहुनबाट रोक्न समयमा नै जग्गा ब्यवस्थापन गर्न सक्नु पर्थो नगरपालिकाले किन गर्न सकेन उहांको नगर प्रति प्रश्न गर्नु भएको छ । अब अरुलाई दोस दिन भन्दा बर्दघाट नगरमा ट्रमा सेन्टर बन्नु पर्ने उहाँको भनाई रहेको छ ।

बर्दघाट नगरमा जहाँभएपनि हुनु पर्यो ः स्थानीयवासी राम भण्डारी

बर्दघाट वडा नं. २ का समाज सेवी युवा तथा सूर्य ज्योती युवा क्लवका अध्यक्ष राम भण्डारीले ट्रमासेन्टर चिसापानी वा पञ्चनगर जता बने पनि फरक नपर्ने बताउनु भएको छ । उहाँले बर्दघाट नगर भन्दा बाहिर जानु भएन तर नगर भित्र जहां जसरी भएपनि बनाउनु पर्छ उहाँको भनाई थियो । यो योजना गुमेमा नगरका सबै राजनितिक दलका नेताहरुको असक्षमता भएको जनताले बुझने उहांको भनाई छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/