Jilla Ban Notis

संस्कृति जोगाउन नयाँ पुस्तालाई आफ्नो संस्कृतिका बारेमा जानकारी दिन जरुरी

0 139

कृष्ण ढकाल
बर्दघाट,बैशाख–८
मानिसहरुको धर्म ,जाती र क्षेत्रका आधारमा संस्कृति जोडिएर आउने भएका कारणले आफ्नो संस्कृति जोगाउनका लागि सबैभन्दा पहिले सबैले नयाँ पुस्तालाई आफ्नो संस्कृतिका बारेमा जानकारीदिन जरुरी रहेको बर्दघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिईएका छन् ।

बर्दघाट प्रज्ञा प्रतिष्ठान अन्र्तगतको संस्कृति विभागले आयोजना गरेको बर्दघाट नगरपालिकामा सांस्कृतिक सम्पदाको संरक्षणमा देखापरेका चुनौतीहरु विषयक गोष्ठिमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोडदिएका थिए । संस्कृति पुर्खाले आर्जन गरेको ज्ञान र सम्बन्धित समूहको पहिचान भएको उनीहरुको भनाई रहेको थियो ।

समाज, धर्म वा क्षेत्रको मानिसलाई चिन्ने एक मात्र आधार भनेकै संस्कृति रहेकाले संस्कृति बचाएमा मानिसको इतिहास र भविष्यको मार्गदर्शक बच्ने तर्क उनीहरुको रहेको थियो ।  उनीहरुले भौतिक विकासलाई मात्र विकास भएको भन्नु गतल रहेको बताउदै मानिसको बौद्धिक विकास नभएसम्म अन्य कुनैपनि विकासले परिर्वतन ल्याउन नसक्ने बताएका थिए ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपानेको अध्यक्षता र नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन ।

लोक वार्ता परिषद नेपालका सदस्य प्रध्यापक डा. धु्रब प्रसाद भट्टराईले बर्दघाट नगरपालिकाका सांस्कृतिक सम्पदाको संरक्षणमा देखिएका चुनौतीहरू बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा नवलपरासी साहित्य परिषदका अध्यक्ष्ँ डा. श्याम प्रसाद न्यौपाने, लगाएतले भनाई राख्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै डा. कुलपति न्यौपानेले बर्दघाट प्रज्ञा प्रतिष्ठानले अब कविता,गजल,हाइकु ,लोक वार्ता लगाएतका बिषयमा प्रशिक्षण राख्ने देखि प्रदेश स्तरीय कवि गोष्ठीको आयोजना गर्ने तयारी गरिएको जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.