Sarawal sit lahar Notis

ऋतुराज – डा.घनश्याम परिश्रमी

0 113

शीर्षक -ऋतुराज

प्रकृतिको
सुन्दर संस्कृति
मनाेहर संदृष्टि
नग्नस्नानपछिकाे
हरितिमामय
वस्त्रावरणमा
पक्षीहरूकाे
सुमधुर कलरवमा
भरखरै
आगमन भएको छ
एउटा ऋतुकाे
चैत्रारम्भसँगै
यतिबेला
हैमन्ती शीतयुद्ध
समापन भएको छ
शैशिर उदासीनता
भग्न भएको छ ।
ऊ, त्यो अग्लाे
रुखबाट
काेकिलकण्ठ
वितरित भइरहेको छ
यत्रतत्र
हरित् काननबाट
सुसेल्दै छन्
युवकहरू
प्रफुल्लित उपवनबाट
गुनगुनाउँदै छन्
युवतीहरू
प्रणययाचनाका
शब्दहरूमा
मेरो मनकाे
नदीमा
यतिखेर
तरङ्ग रमाएकाे छ
उमङ्ग छाएको छ
किनभने
यस धराधाममा
वासन्ती बहार बनेर
ऋतुराज आएकाे छ
र चराचरबाट
हार्दिक स्वागत
पाएकाे छ ।

 

डा. घनश्याम परिश्रमी

२०७९/१२/२१
अभ्यासशाला- नेपाली साहित्यकार विश्व सञ्जाल ।

 

Leave A Reply

Your email address will not be published.