Jilla Ban Notis

दिब्यज्योती बहुमुखी क्याम्पसको अध्यक्षपदका उमेदवार पुण्य प्रसाद पौडेललाई हाम्रो ५ प्रश्न

0 354

दिब्य ज्योती बहुमुखी क्याम्पस ,बर्दघाट–२,चिसापानीको यहि चैत १८ गते हुने क्याम्पस संचालक समितिको नेतृत्व लिनका लागि अध्यक्ष पदमा पुण्य प्रसाद पौडेलले आफ्नो उम्मेदवारी दिनु भएको छ । प्रस्तुत छ अध्यक्ष पदका उमेदवार पुण्य प्रसाद पौडेलसंग गरीएको संक्षिप्त कुराकानी

पुन्य प्रसाद पौडेल जी तपाईको उमेदवारी किन ?

२०४७ सालमा दिब्य ज्योती बहुमुखी क्याम्पस स्थापना भएसंगै यस क्याम्पसको श्रीवृद्धिमा मेरो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निरन्तर सहभागिता रहदै आएको छ । नवलपरासी जिल्लाको राजनितिक नेतृत्वका हिसाबले समेत अग्रस्थानमा रहेको बर्दघाट नगरमा हरेक पार्टीबाट संघ,प्रदेस र जिल्लाका जिम्मेवार नेताहरुको गृह नगरका रुपमा चिनिने स्थानको शैक्षिक गुणस्तर कायमगर्न र बर्दघाट नगरलाई शैक्षिक हबका रुपमा विकास गर्न दिब्य ज्योती बहुमुखि क्याम्पसका संचालक सदस्यहरुले मलाई नेतृत्व गर्न आग्रह गरेपछि म नेतृत्वका लागि तयार भएको छु ।

संचालक समितिको नेतृत्व लिनु भयो भने तपाई के गर्नुहुन्छ ?

हामीले दिब्य ज्योती बहुमुखि क्याम्पसको भौतिक पूर्वाधारहरुको पक्षमा धेरै काम गरी सकेका छौं तर पनि अझै थुप्रै कामहरु बांकीछन त्यो पुरा गर्नु छ । शैक्षिक क्यालेन्डर पूर्णरूपमा लागू गर्ने गरी हामी टिमवर्कमा काम गर्दैछौं त्यसको पूर्णताका लागि पनि मेरो नेतृत्व क्याम्पसलाई आवश्यकता छ त्यतीमात्र हैन क्याम्पसका हरेक गतिविधिहरुमा राजनीतिक प्रभाव पर्ने गर्दछ त्यसको समायोजन गर्नका लागि पनि मैले क्याम्पस ब्यवस्थापन समितिको नेतृत्व गर्नु पर्ने आवश्यकताको महशुस गरेर सबै संचालक सदस्यहरुले मलाई नेतृत्व गर्न पठाउदै हुनुहुन्छ । म सबै संचालक सदस्यहरुको साझा सदस्यका रुपमा रहेर बर्दघाट नगर र छिमिकी पालिकाहरु सहित जिल्लाका शैक्षिक तथा प्राज्ञीक ब्यक्तीत्वहरुसंगको साथ र सहयोगमा जिल्लाकै नमुना क्याम्पस बनाउने गरी अघि बढ्ने प्रतिबध्यता समेत जाहेर गर्दछु ।

तपाई अध्यक्ष हुनु भयो भने यस क्षेत्रका बिद्यार्थीहरुलाई यसै क्याम्पसमा पढने वातावरण कसरी बनाउनु हुन्छ ?

दिब्य ज्योती बहुमुखि क्याम्पस छोडेर छिमेकि पालिकाहरुमा गएका बिद्यार्थीहरुलाई फर्काउनु भन्दा पनि शुरुबाट नै नजाने वातावरण बनाउने मेरो पहिलो प्राथमिकता रहने छ । त्यसका लागि यसक्षेत्रबाट बाहिर कुन बिषय पढ्न गएका छन र त्यो सेवा कसरी सर्बसुलभ र गुणस्तरीय बनाउने भन्नेमा मेरो ध्यान केन्द्रित रहनेछ र ब्यवहारत कार्यान्वयन गरी बिद्यार्थीहरुलाई शुरुवाट नै दिब्य ज्योती बहुमुखि क्याम्पसमा पढेर घरका परिवारसंग संगै बस्ने वातावरण सृजना गर्न मेरो टिम कटिबद्ध रहने छ । मैले यस क्याम्पसमा समय सापेक्षिक प्राविधिक शिक्षा अध्यापन गराउने तर्फ विषेश पहल गर्ने छु ।

दिब्य ज्योती बहुमुखि क्याम्पसमा अध्ययन गरेका बिद्यार्थीहरु रोजगार नपाएर बिदेशीने परिपाटी छ त्यस तर्फ तपाईको के पहल हुनेछ ?

हाम्रो क्यम्पसमा अध्ययन गरेका बिद्यार्थीहरुलाई हामी अब उनीहरुले प्राप्त गरेका सीप, ज्ञान, स्रोत, साधनहरुको भरीपूर्ण उपयोग गर्नु पर्ने आजको आवश्यकता छ त्यसलाई मध्य नजर गरेर हामीले नयां योजना ल्याउने रणनिति तयार गरीसकेका छौं । यदि मेरो नेतृत्वमा सन्चालक समिति निर्वातीच भयो भने त्यो तपाईहरुले देख्न र महसुस गर्न पाउनुहुने छ । हामी सामाजिक, आर्थिक, राजनीतिक वातावरणले विद्यार्थीहरू विदेश जाने प्रथाको न्यूनिकरण गर्ने छौं र हाम्रै नगरको समृद्धिका लागि उनीहरुलाई रोजगार दिने वातावरण तयार गर्ने छौं । अहिले बाहिर जाने विद्यार्थीहरू यहाँको पढाइ कमजोर भएर गएका होइन । अवसरको खोजीमा गएका हुन् । उज्ज्वल भविष्य यहाँभन्दा गतिलो छ भनेर गएका हुन् । अवसरको कमी महसुस गरेर गएका हुन हामीले त्यो महशुस गर्ने वातावरण सृजना गर्न दिने छैनौ ।

क्याम्पस भनेको प्राध्यापकको लागि हाजिर गरेर तलब भत्ता खाने ठाउँ , विद्यार्थीको लागि राजनीति गर्ने ठाउँ र नेताहरुका लागि भागबन्डा पुर्याउने अखडा को भन्छन केहि मानिसहरु यसप्रति तपाई के भन्नुहुन्छ ?

क्याम्पस स्तरवाट प्रदान गरीने शिक्षा प्रणाली समय सापेक्ष हुन सकेन र क्याम्पसले चाहे जस्तो परिणाम दिन पनि सकेन भने यस प्रकारका प्रश्न आउनु स्वभाविकै हो तर दिब्य ज्योती बहुमुखि क्याम्पसको हकमा यस प्रकारका टिका–टिप्पणी गर्ने कुनै पनि ठाँउहरु नरहेकाले मानिसहरु के भन्छन भन्दा पनि सबै मिलेर क्याम्पसलाई नमुुना बनाउने तर्फ लागन जरुरी छ ।

Leave A Reply

Your email address will not be published.