Jilla Ban Notis

बाघको आक्रमणबाट नवलपरासीमा २ जना गम्भीर घाईते

0 339

सुरेश यादव,
पाल्हिनन्द,चैत १६
बाघको आक्रमणबाट पश्चिम नवलपरासीमा २ जना गम्भीर घाईते भएका छन् । पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ बैरवास्थित बिहिबार (आज) बिहान करिव ६ बजेको समयमा बैरवाको आपँ र बासघारीको बगैंचामा बाघले एक्कासि आक्रमण गरेको हो । बाघको आक्रमणले बैरवाका ४५ वर्षिय गजेन्द्र कोईरी र पाल्हिनन्दन ६ लङ्डीपाकडका १८ वर्षिय सम्पत भर घाईते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

कोईरीको मुख, नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको छ । उनीहरुको पाल्हिनन्दन अस्पताल लोहरौलीमा उपचार भईरहेको भने दुवै जनाको अवस्था सामान्य रहेको छ । बाघलाई नियन्त्रणमा लिनका लागि वन कार्यालयका प्राबिधिक टोलीले घटनास्थल पुगि सकेको भए पनि अहिलेसम्म बाघ नियन्त्रण आउन नसकेको सुचना अधिकारी पाण्डे जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.