Sarawal sit lahar Notis

होलिकेयर ईङ्गलीस सेकेण्डरी स्कुलको कक्षा १० का विद्यार्थीहरु लाई विदाई तथा सम्मान

0 142

रामु भुसाल

बर्दघाट,फाल्गुन २७,
पश्चिम नवलपरासीको होलिकेयर ईङ्गलीस सेकेण्डरी स्कुल बर्दघाट ५ पाल्डाडाको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुद्धारा कक्षा १० विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका बीच विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ९ का छात्र गौरव पोख्रेलको अध्यक्षता, प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एस.ई.ई. लाई फलामे ढोकाको रुपमा लिने गरिएकोमा त्यस्तो नभई समान्य परिक्षा जस्तै भएको हुदा विद्यार्थीहरुले हतोत्साहित नभई परिक्षा दिएमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथि जिसन नवलपरासीका प्रमुख सल्लाहकार सन्तोष रौनियारले सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना दिदै आफुले पढेको विद्यालयलाई सदैव माया गर्न अनुरोध समेत गर्नुभयको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल ईन्द्र बहादुर गुरुंगले विद्यार्थीहरुलाई जसरी यस विद्यालयमा अध्ययन गर्दा अनुशासित भई शिक्षा आर्जन गरेकोमा धन्यबाद दिदै आगामी दिनमा समेत शैक्षिक उन्नतीको कामना गर्दै उच्च शिक्षा अध्ययन गर्दा समेत विद्यालयको नाम रोशन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्याब्सन बर्दघाट नगर अध्यक्ष सञ्जय ढुंगाना, प्याब्सन सुनवल नगर अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतले विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित उज्ज्वल भविष्यको कामना समेत ब्याक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थी ले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका थिय। कार्यक्रममा मयााके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका थिए ।

कार्यक्रममा कक्षा १० को विद्यार्थीको तर्फबाट छात्रा कुशुम कंडेल, छात्र राजन पोख्रेल र कक्षा ९ को तर्फ बाट छात्र सागर कन्डेलले मन्तब्य राख्नुभएको थियो । बिद्यालय का शिक्षक,बिद्यार्थी ,अभिभावक, कर्मचारी लगायत को उपस्थित रहेको कार्यक्रम कक्षा ९ की छात्रा एन्जिला थापाको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने सञ्चालन कक्षा ९ की छात्रा बिन्सु थापा र छात्र बिबश गिरिले सयुक्त रुपमा गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

२०५२ सालमा स्थापित बिध्यालय मा हाल कक्षा १० सम्म करिव ५०० बिध्यार्थि अध्ययनरत रहेको शिक्षक सुशील रौतारले जानकारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.