Sarawal sit lahar Notis

पञ्चनगर स्वास्थ्य चौकीको स्वास्थ्य संस्था स्तरीय समिक्षा कार्यक्रम सम्पन्न् ।

0 143

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड अन्तर्गत एम.एस.एस. सम्वन्धि स्वास्थ्य संस्था स्तरीय एक दिने समिक्षा कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको पञ्चनगर स्वास्थ्य चौकीमा आज गरीएको एम.एस.एस. सम्वन्धि स्वास्थ्य संस्था स्तरीय एक दिने समिक्षा कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याउन सफल भएको समिक्षा कार्यक्रमको समापन कार्यक्रममा जानकारी गराईएको थियो ।

पञ्चनगर स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का वडाध्यक्ष चन्द्र कान्त चापागाईको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त समिक्षा कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट–४ बर्दघाटकी सुदिपा शर्माले सहजीकरण गर्नु भएको थियो ।
समिक्षा कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी,नगरको स्वास्थ्य शाखा प्रमुख,वडाका स्वास्थ्य स्वयमसेवीकाहरु,स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका पदाधिकारीहरु,जनप्रतिनिधिहरु, लगाएतको सहभागितामा स्वास्थ्य संस्थाको समिक्षा गरीएको थियो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तयगरेको स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड अन्तर्गत रहेका सुचकाङ्कहरु र त्यसको अंकभारका आधारमा स्वास्थ्य संस्थाहरुको अवस्था र ब्यवस्थालाई हेरेर फरक नपर्नेगरी नम्वरीङ्ग गर्दा आउने प्रतिशत नै सो संस्थाको मुल्याङ्कन अंक रहने ब्यवस्था अनुसार समिक्षा गरीएको बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।

विरामीको प्रवेश देखि निस्कने बेला सम्मको सेवाका आधारमा केन्द्रित रहेर दिईने हरेक ६/६ महिनामा गरीने यसप्रकारको समिक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरुको सेवालाई थप प्रभावकारी बनाउने ज्ञवालीले बताउनु भयो ।

समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका हरेक स्वास्थ्य संस्थामा चुस्तदुरुस्त सेवा प्रवाह गर्नका लागि कहाँ कुन किसिमको समस्या आउछ त्यसको समाधान गर्न नगरपालिका कुनै पनि बेला तत्पर रहेको बताउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रसाद उपाध्यायले नगरका हरेक स्वास्थ्य संस्थाहरुवाट दिईने सेवा अहिले सम्म गुणस्तरीय रहेकाले अब यस्लाई अझ प्रभावकारी बनाउन र यो गुणस्तरलाई कायम राख्नका लागि सम्बन्धित शाखा जिम्मेवार तरीकाले अघि बढ्न आग्रह गर्नु भएको थियो ।

बर्दघाट नगर स्वास्थ्य शाखाका कृष्णहरि पौडेलको संचालन पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिलसिनाको स्वागत मन्तब्यबाट शुरु भएको समिक्षा कार्यक्रमको समापन कार्यक्रममा वडाध्यक्ष चन्द्रकान्त चापागाई,पत्रकार कुस्माकर ढकाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

एम.एस.एस. सम्वन्धि स्वास्थ्य संस्था स्तरीय समिक्षा कार्यक्रम अन्तर्गत पञ्चनगर स्वास्थ्य चौकी,माकर स्वास्थ्य चौकी,जहदा स्वास्थ्य चौकी,दाउन्ने स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १२ मा सम्पन्न् भैसकेको छ भने अब आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाटमा बांकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.