Jilla Ban Notis

विद्यालय सुधारका लागि राज्यले चाहेर मात्र हुदैन ः सांसद पाठक

0 103

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
राष्ट्रिय मा.बि. माकर बेतानीको ६३ औं बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न् भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिकु थारु (कैलाश)को अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभासदस्य पाठकले विद्यालयहरुको सुधारका लागि राज्यले चाहेर मात्र नहुने भएकाले विद्यालय सुधारका लागि स्वयम अभिभावक, शिक्षक र विद्यालय ब्यवस्थापन समिति लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले विद्यालयको भौतिक सुधारसंगै शैक्षिक सुधारका लागि समयानुकुल प्राविधिक शिक्षालाई पनि संग सगै लैजान जरुरी रहेकोमा जोड दिनु भएको थियो । पछिल्लो समय राष्ट्रिय मा.बि. माकर बेतानीको शैक्षिक सुधारसंगै भौतिक अवस्थामा पनि सुधार आएको भन्दै विद्यालय परिवारलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले राष्ट्रिय मा.बि. माकर बेतानीवाट अब अरु विद्यालयहरुले पनि पाठसिकेर अघिबढ्नु पर्ने बताउनु भएको थियो । त्यसैगरी नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरलाई प्लाष्टीक मुक्त नगर बनाउनका लािग नगरका सबै नगरवासीहरुको सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरको शैक्षिक अवस्थालाई हरेक दृष्टिकोणवाट परिर्वतन गरेर समयानुकुल बनाउदै गुणष्तरीय शिक्षा दिन नगर लागिपरेको बताउनु भएको थियो ।
राष्ट्रिय मा.बि. माकर बेतानीका प्र.अ. शेषकान्त पौडेलले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्ुतत् गर्नु भएको कार्यक्रममा बर्दघाट वडा नं. ७ का वडाध्यक्ष धु्रब थारु,बर्दघाट नगरको शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख लोकराज पन्थी,दिब्य ज्योती बहुमुखि क्याम्पस, चिसापानीका क्याम्पस ब्यवस्थापन समितिका अध्ध्यक्ष वृहस्पति अधिकारी ,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक सुवास रेग्मीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.