Bardaghat Na pa

स्थापना दिवसका अवसरमा १ लाख रुपैया बरावरको अक्षकोष स्थापना

105

कृष्ण ढकाल
बर्दघाट,फागुन–४

दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटले आफ्नो २५ औं स्थापना दिवस एक कार्यक्रमको आयोजनागरी मनाएको छ । दिवस मनाउने क्रममा संस्थाले बर्दघाट–१४ मा रहेको शहिद स्मृति सामुदायिक अस्पताल,चौपत्तामा १ लाख रुपैया बरावरको अक्षकोष स्थापना गरेको घोषणा समेत गरेको छ ।
संस्थाकी अध्यक्ष देवि पौडेलको अध्यक्षता र बर्दघाट नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त स्थापना दिवस कार्यक्रमका अवरमा संस्थाले चौपत्ता अस्पतालमा उपचार गर्न आउने गरीव तथा विपन्न परिवारका महिलाहरुको उपचारका लागि उक्त कोषवाट खर्च गर्नेगरी संस्थाले कोषको स्थापना गरेको जानकारी गराउनु भएको छ ।

कार्यक्रमका बोल्दै बर्दघाट नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले महिलाहरुले संचालन गरेको संस्थाले महिलाहरुकै हक र हितका लागि काम गर्नु एउटा राम्रो पक्ष रहेको बताउनु भएको थियो । उहांले सामाजिक कार्यमा सदैव लागि रहने संस्थाका रुपमा चिनिएको दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाले अझै रचनात्मक कार्यमा अघिबढ्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

त्यस्तै शहिद स्मृति सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निमानन्द न्यौपानेले दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटले आफ्नो अस्पतालमा स्थापना गरेको अक्षकोषमा अस्पतालका तर्फवाट ५० हजार थपगरेर १ लाख ५० हजारको अक्षकोष बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

संस्थाकी उपाध्यक्ष रजनि वस्नेतको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली लगाएतले आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव रिना गुरुङ्गले गर्नु भएको थियो ।