sarawal

बर्दघाट नगरपालिकाको उदाशिनताका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

144

नारायण भण्डारी
बर्दघाट,माघ–२९

शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ । नगरको उदाशिनताका कारण महिनांै देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ ।

नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि रिक्त रहेको शिक्षकको पदपुर्ति नहुँदा पठनपाठनमै समस्या भएको हो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये ८ वटा विद्यालयमा शिक्षकको पदपुर्ति गर्नुपर्ने भएपनि नगरपालिकाले त्यसमा चांसो देखाएको छैन् । वडा नम्बर १४ मा रहेको पशुपति आधारभुत विद्यालयमा भदौ महिना देखि निमावि तहको गणित विषयको शिक्षक नहुँदा विद्यार्थीहरुको पढाई नै प्रभावित भएको छ ।

नगर शिक्षण अनुदान कोटा मार्फत शिक्षक ब्यबस्थापन गर्नुपर्ने भए पनि नगरपालिकाले हाल सम्म शिक्षक उपलब्ध गराउन सकेको छैन् । विद्यालयले गत भदौ २१ गते शिक्षक आवश्यकता सम्बन्धि विज्ञापन प्रकाशन गरेको थियो । ३ जनाले आवेदन दर्ता गराएमा विज्ञापन प्रकाशन भएको ५ महिना वितिसक्दा पनि शिक्षक पदपुर्ति हुन सकेको छैन् । हाल विद्यालयमा नेपाली विषय अध्यापन गराउने शिक्षकले गणित विषय अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर २ पटुकेमा रहेको धारापानी प्राथमिक विद्यालयमा पनि गत असोज महिना देखि नगर शिक्षण अनुदान कोटाको शिक्षक पद रिक्त रहेको छ । विद्यालयले गत असोजमै शिक्षक पदपूुर्तिका लागि विज्ञापन प्रकाशन गरेकोमा ५ जनाको आवेदन दर्ता भएको थियो । विज्ञापनको म्याद सकिएपनि सुरुमा संघ र प्रदेशको चुनावको आचारसंहिता देखाएर छनोटमा ढिलाई भएकोमा अहिले नगरको शिक्षा ऐन संसोधनको प्रकृयामा रहेको कारण देखाए ढिलाई गरिएको छ । शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक बोल्गा नेपालले जानकारी गराउनुभयो ।

सिद्धज्योति आधारभुत विद्यालय वडा नम्बर १६ मा पनि प्रावि तृतिय तहको १ जना शिक्षक पद रिक्त रहेको छ भने ज्ञानज्योति मावि बर्दघाट १० मा मावि राहात कोटाको विज्ञान विषयको शिक्षक पदपुर्ति गर्नुपर्ने छ । विद्यालयले विज्ञापन खुलाईसकेको छ तर अहिले सम्म पदपुर्ति गर्न सकिरहेको छैन् । एसईई परिक्षा र बार्षिक परिक्षा नजिकिदै गर्दा विज्ञान विषयकै शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठनमा गम्भिर असर परेको छ । विज्ञापन खुलाएपछि ३ जनाको आवेदन परेकोमा हाल सम्म छनोट प्रकृया अगाडि नबढेको प्रधानाध्यापक सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाबाट विद्यालयमा अनुगमनका लागि पुगेका बखत छिटो भन्दा छिटो छनोट प्रकृया सकिदिन आग्रह गरेपनि हाल सम्म सुनुवाई नभएको श्रेष्ठको भनाई छ ।
पटक पटक यस बारेमा नगरपालिकामा आग्रह गरेपनि हाल सम्म शिक्षक पदपुर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।  वडा नम्बर ४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयमा निमावि तहमा सामाजिक विषयको दरबन्दी खाली रहे पनि अंग्रेजी विषयको शिक्षक ल्याउने निर्णय भएको छ । संघीय शिक्षा ऐनमा जुन विषयको दरबन्दी खाली भएको त्यहि विषयमै शिक्षक राख्नुपर्ने ब्यबस्था भए पनि नगर प्रमुखको संयोजकत्वमा रहेको शिक्षा समितिले निर्णय नै गरेर निमावि अंग्रेजी विषयको शिक्षक राख्ने सहमति भएको स्रोतले बताएको छ ।

अखण्ड आधारभुत विद्यालय, दिब्यज्योति माध्यमिक विद्यालयमा पनि शिक्षक पदपुर्ति गर्नुपर्ने छ । बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद विकाश शाखाका प्रमुख तथा उपसचिव लोकराज पन्थीलेशैक्षिक सुधार गर्नका लागि सिकाई उपलब्धि आवश्यक रहेको तर्क गर्नुहुन्छ । पन्थीले शिक्षक पदपुर्तिको काम प्रक्रियामा रहेको दावी गर्नुभयो । तर, यस अघि सिकाई उपलब्धि मापनमा देखिएको कमजोर नतिजाले सिकाई उपलब्धिको स्तरलाई समेत उजागर गर्दै आएको छ ।

शिक्षा ऐन संसोधनको कारण देखाई विज्ञ छनोटमा आलटाल

नगर भित्रका विद्यालयमा शिक्षक पदपुर्तिका लागि विज्ञापन प्रकाशन भैसकेपनि शिक्षक छनोटका लागि विषय विज्ञ छनोट गर्ने कार्यमा ढिलाई भएपछि महिनौ देखि शिक्षक पदपुर्ति गर्न सकिएको छैन ।
नगरपालिकामा विगतमा विषय विज्ञ छनोटका लागि अपनाउँदै आएको विधि प्रति जनप्रतिनिधि सहमत नभएका कारण छनोटमा समस्या भएको हो । जनप्रतिनिधिले आफुखुसी विज्ञ छनोट गरी आफु अनुकुलका शिक्षक राख्नका लागि विगतको प्रकृया बाधक बन्ने देखिएपछि अहिले आफैहरुले विज्ञ छनोट गर्न पाउनुपर्ने आसय देखाएको स्रोतले दावी गरेको छ । हाल रहेको नगर शिक्षा ऐनमा शिक्षक पदपुर्तिको विषयमा बाझिनेखालको अवस्था नरहे पनि शिक्षा ऐन संसोधन प्रकृयामा रहेको कारण देखाएर शिक्षक पदपुर्तिमा आलटाल गर्दा सामुदायिक विद्यालयको पठनपाठमा गम्भिर असर परेको छ ।

शिक्षा ऐन संसोधन भएपछि समस्या समाधान हुन्छ ः नगर प्रमुख श्रेष्ठ

शिक्षा समितिका संयोजक समेत रहेका नगर प्रमुख शम्भुलाल श्रेष्ठले छिट्टै समस्या समाधान हुने दावी गर्नुहुन्छ । नगर शिक्षा ऐन हाल संसोधनको क्रममा रहेको छ, यो ऐन जारी नगरसभा बाटै पारित गर्ने तयारी छ त्यसपछि समाधान हुन्छ, श्रेष्ठको भनाई छ । ऐनमा के के कुरा संसोधन हुँदैछ भन्ने बारेमा भने उहाँले खुलाउन चाहनु भएन । हाल रहेको ऐनमा त्यस्तो के कारण छ जसले शिक्षक पदपुर्तिमा समस्या ल्यायो र संसोधन पश्चात के ब्यबस्था कायम गरेर निकास दिनुहुन्छ भन्नेमा भने नगरप्रमुखको प्रष्ट जवाफ आउन सकेन् ।

सामुदायिक विद्यालयलाई भर्ती केन्द्र बनाउन खोज्दा समस्याः नगर उपप्रमुख उपाध्याय

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हुन नसक्नुमा मुख्य कारण भर्तिकेन्द्र बनाउन खोज्नु रहेको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय बताउनुहुन्छ । उहाँले नगर भित्रका विद्यालयमा आफू अनुकलका शिक्षक कर्मचारी राख्न र भर्तीकेन्द्र बनाउनका लागि समुह नै लागि परिरहेको दावी गर्नुभयो ।  उहाँले शैक्षिक सुधारमा काम गर्नका लागि कतिपय विद्यालयका प्रधानाध्यापकहरु जिम्मेवार बन्न नसकेकोले प्रधानाध्यापक हेरफेर गर्नुपर्ने बारेमा शिक्षा समितिको बैठकमा कुरा उठाउँदै आएको जानकारी दिनुभयो ।

विद्यालयमा हुने अनुगमन बढी मात्रामा भौतिक पुर्वाधारको पक्ष तर्फ मात्र केन्द्रित हुने गरेको छ । शैक्षिक गुणस्तरको अवस्था सुधारका लागि खासै अनुगमन हुन नसक्दाँ शैक्षिक गतिबिधि सुधार हुन सकेको देखिदैन् । नगर उपप्रमुख उपाध्यायले शैक्षिक गतिबिधि अर्थात पठन पाठनको अनुगमनमा खासै ध्यान दिने नगरेको सरोकारवालाहरुको आरोप छ ।

प्रभावकारी बनाउन र सुधारको पक्षलाई कडाईका साथ लागु गर्न उपप्रमुखको तदारुपता नदेखिएको गुनासो अभिभावकहरुको छ । हामीले उहाँबाट अलि बढि अपेक्षा गरेका थियौं तर उहाँ पनि कता कता हराउनुभएको जस्तो लागेको छ खासै परिवर्तनको आभास गर्न पाएका छैनौ – एक अभिभावकले भने । उपाध्याय भने आफुले नियमित रुपमा अनुगमन गर्ने गरेको र विद्यार्थीहरुको सिकाईको स्तर मापन गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेको जिकिर गर्नुहुन्छ । विद्यालयका प्रधानाध्यापकहरु फाईल बोकेर नगरपालिका धाउने कार्यको आगामी बर्ष देखि अन्त्य हुनेगरी कार्य अगाडि बढाईएको उहाँको भनाई छ ।

सामाजिक विकास समिति संयोजक गुरुङ्ग भन्छन् – विज्ञ छनोटको कार्यविधी नबन्दा समस्या

सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले नगरपालिकामा अहिले सम्म विज्ञ छनोटका लागि कुनै कार्यविधि नभएको जानकारी दिनुभयो । अहिले कार्यविधि निर्माणका लागि प्रयास भैरहेको र नगरसभा सके लगत्तै कार्यपालिकाबाट कार्यविधि पास गरेर सबै विद्यालयमा देखिएका समस्या हल गरिने गुरुङको कथन थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/