Sarawal sit lahar Notis

वनशक्ती सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न

0 258

रामु भुसाल
बर्दघाट,माघ,२८
वनशक्ती सामुदायिक वन उपभोक्ता समुह बर्दघाट १० पश्चिम नवलपरासीको १४ औं वार्षिक साधारणसभा समुहको प्राङगणमा शनिबार सम्पन्न भएको छ । समितीका अध्यक्ष ईन्द्र बहादुर चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो । साथै उहाले बर्दघाट नगरपालिकालाई हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउन पालिकाले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हुदा सम्पुर्ण नगरवासिले सो अभियान सफल बनाउनका लागी हातेमालो गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा बर्दघाट १० का वडाध्यक्ष राजु मिश्र,वर्दघाट ११ का वडाध्यक्ष फडेन्द्र चौधरी , संसारकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमल पराजुली , चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङ , समुहका सल्लाहकार राम नारायण चौधरी , मथुरा प्रासद चौधरी , लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
सो अवसरमा समुहका अध्यक्ष चौधरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएकाो थियो भनेसमुहको गत आ.व को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम सचिव शारदा पोखरेलले प्रस्तुत गर्नुभएकोथियो । सो अवसरमा समुहका कोषाध्यक्ष मुक्तिनाथ भुषाल ले २८ लाख ५९ हजार ६ सय ५ रुपैया बराबरको आय व्यय बिबरण प्रस्तुत गर्न‘भएको थियो । त्यस्तै आन्तरिक लेखा समितिको प्रतिवेदन लेखा संयोजक हिरालाल बि.क र अनुगमन समितिको प्रतिवेदन अनुगमन समिति संयोजक एक नारायण तिवारीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यसमिती सदस्य सृजना कोईरालाको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव शारदा पोख्रेलले गर्नुभएको थियो ।बर्दघाट नगरपालिका वार्ड नं १० , ११ र सरावल गा.पा वार्ड नंं ३ र ४ पाल्हिनन्दन गाउपालिका वार्ड नंं १ का करिब २१ सय ६७ घरधुरी उपभोक्तmा रहेको सामुदायिक बन ४०४.३३ हेक्टर क्षेत्रफल रहेको छ।

https://fb.watch/iDpijLavuy/

https://fb.watch/iDpfYAIkCF/

Leave A Reply

Your email address will not be published.