Sarawal sit lahar Notis

वेसिक ब्यूटि पार्लर तालिमको उद्घाटन 

0 58

पप्पु रेग्मी

बर्दघाट, ४ माघ

बर्दघाट नगर पालिका वडा नम्बर १४ धर्मवस्तिमा २ महिने वेसिक ब्यूटि पार्लर तालिम शुरु भएको छ । आज बर्दघाट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता  सन्तबहादुर गाहाको प्रमुख आतिथ्यतामा उक्त तालीमको समुद्घाटन गरीएको छ ।

रमा ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा शुरु भएको उक्त २ महिने वेसिक ब्यूटि पार्लर तालिममा  २२ जना प्रशिक्षार्थी रहेका छन ।

उद्घाटन कार्यक्रममा समाजसेवी सावित्रा अधिकारी को अध्यक्षता  र  बर्दघाट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता  सन्तबहादुर गाहाको प्रमुख आतिथितामा भएको तालीम उद्घाटन कार्यक्रममा बोल्दै  गाहाले समयमा व्युटि पार्लर सीप सिकेर आफ्नै गाउँ घरमा व्यवसाय गरेमा आर्थिक लाभ हुनुका साथै स्वरोजगार हुने बताउनुभयो ।

कार्यक्रममा  १४ नम्बरका पूर्व वडा अध्यक्ष केसब बहादुरखत्री क्षेत्री , नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला सदस्य पप्पु रेग्मी,  प्रगति आमा समूहको अध्यक्ष ललिता पान्डे,  दिल कुमारी दर्लामी रहनु भएको थियो । रमा अर्याल अधिकारीको स्वागतवाट शुरु भएको कार्यक्रमको संचालन मधुसुदन अर्यालको  गर्नु भएको थियो । तालीममा प्रशिक्षकका रुपमा सगुन घिमिरे रहनुहुने भएको छ ।

Leave A Reply

Your email address will not be published.