Jilla Ban Notis

गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण ।

0 167

गौरीशंकर जयसवाल
परासी ४ माघ
रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण कार्यक्रम शुरूवात गरेको छ । रामग्राम नगरपालिकाको वडान १६ स्थित सुक्रौली स्वास्थय चौकीबाट नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण कार्यक्रम सुरूवात गरेको हो ।
नगरप्रमुख धनपत यादवले वडान १६मा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण कार्यक्रम शुभारम्भ गर्नु भएको थियो। ग्रामिण भेगका धेरै महिलाले गर्भवती भएको बेला र सुत्केरी भएपछि पनि प्रर्याप्त पोषण सहितको खानेकुरा खान नपाउदा बच्चा र आमाको स्वस्थ्यमा असर पर्दे आएकाले नगरपालिकाले पौष्टिक तत्वले भरिपुर्ण आहार निःशुल्क वितरण गरेको नगर प्रमुख यादवले बताउनु भएको छ ।

गर्भवती भएको तिन महिना पुरा भई स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराईरहेका महिला र सुत्केरी भएको ४५ दिन पुरा नभएका आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वितरण गरिएको नगरप्रमुख यादवले बताउनु भएको छ ।
६ महिनाको अबधि पुग्ने गरीगर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनु भयो ।
पौष्टिक आहारले बच्चाको मानिसक बिकास तथा शारीरिक बिकासमा मद्दत पुग्ने र आहारले बाच्चा र आमालाई कुपोषित हुनबाट बचाउने हरिजनले बताउनु भएको छ ।
नवलपरासीका सातवटा स्थानिय तहहरू माध्ये रामग्राम नगरपालिकाले जिल्लामा पहिलो पटक गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार सहितको झोला बितरण कार्यक्रम संचालन गरिएको जनस्वास्थ्य निरीक्षक हरिजनले बताउनु भएको छ ।
उहांका अनुसार रामग्राम नगरपालिकामा १८ वटा रहेको जस्मा गर्भवती महिला ६१९ ,र २७६सुत्केरी महिला गरि कुल ८ सय ९५ जना गर्भवती तथा सुत्केरी महिलाहरू रहेका छन् ।

Leave A Reply

Your email address will not be published.