Sarawal sit lahar Notis

नवलपरासी फोटोग्राफर संघको अध्यक्षमा प्रेम प्रसाद गौतम

0 156

कृष्ण ढकाल
बर्दघाट,पौष–२९

नवलपरासी फोटोग्राफर संघको तेस्रो वार्षिक साधारण सभा तथा दास्रो अधिवेसन आज सुनवल–१२ हरकट्टामा सम्पन्न् भएको छ । संघका जिल्ला अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता र फोटोग्राफर महासंघ तर्दथ समितिका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको दोस्रो अधिबेशनले प्रेम प्रसाद गौतमको नेतृत्वमा १३ सदस्य नयां कार्य समिति चयन गरेको छ ।
जस्को अध्यक्षमा प्रेम प्रसाद गौतम,वरिष्ठ उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ,उपाध्यक्षमा शिव राज के.सी.,महासचिवमा यज्ञमुर्ति भण्डारी (शिव),सचिवमा कुमार आले मगर र सह–सचिवमा तारा लम्साल ,कोषाध्यक्ष सुरज चालिसे चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक भोला पराजुलीले जानकारी दिनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा डोलराज भुषाल,अञ्जली अधिकारी ,अनमोल आर्चाय,जयप्रकाश नापीत,टेकराज भट्टराई र बिष्णु प्रसाद श्रेष्ठ रहनु भएको छ ।

वार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै फोटोग्राफर महासंघ तर्दथ समितिका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले सबै जिल्लाका फोटोग्राफरहरु एक भएर आफ्नो परिश्रमको मूल्य निर्धारण गरेर संगठीत रुपमा ब्यवस्थीत भएर अघि बढ्न आग्रह गर्नु भएको थियो ।
उहांले आफ्नो ब्यवसायलाई समय अनुकुल परिमार्जन गरेर ब्यवसायिक र मयार्दित बनाउन र सबैले आफ्नो कामको स्तर अनुसार समान रुपमा मूल्य निर्घारण गरी आफ्ना सेवागा्रही हरुलाई पनि असर नपर्ने गरी मर्यादीत पेशाका रुपमा अघि बढ्न सुझाब दिनु भएको थियो । त्यसैगरी एउटा ब्यवसायिले अर्काे ब्यवसायीलाई असर पर्ने गरी कुनै पनि काम नगर्न आजवाटनै जिल्ला संघले निति बनाउन आग्रह गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथि एवं फोटोग्राफर संघ लुम्बिनी प्रदेश अध्यक्ष मनिष पन्थले फोटोग्राफरहरु अब पुरानै तरीकाले ब्यवसायिक बन्न नसक्ने भएकाले समय अनुसार आफु र आफ्नो पेशालाई परिर्वतन गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले नयां प्रविधि र सेवाग्राहीहरुको चहाना अनुसार नयां पन दिन सक्ने गरी आफुलाई परिर्वत गर्न सक्नु पर्नेमा जोड दिनु भएको थियो । फोटोग्राफर भएर मात्र काम गर्नु भन्दा पनि त्यसलाई थप ब्यवस्थीत गर्न पत्रकारहरुसंगको सहकार्य गरेर फोटो पत्रकार कारुपमा समेत कामगरी आफुनो ब्यवसायलाई थप प्रभापकारी बनाउन सकिने अनुभव प्रदना गर्नु भएको थियो ।

नवलपरासी फोटोग्राफर संघका महासचिव टेक बहादुर बुढाथोकीको संचालनमा भएको उक्त कार्यक्रममा फोटोग्राफर संघ कपिलवस्तुका अध्यक्ष रामचन्द्र वेलवासे,नेपाल टेलिभिजनका पत्रकार कुस्माकर ढकाल,संघका जिल्ला सल्लाहकार ताराचन्द्र बर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लाका अग्रज फोटोग्राफर अनिल कुमार शाक्य,ताराचन्द्र बर्मा र केदार नाथ पाण्डेलाई सम्मान समेत गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.