Jilla Ban Notis

जितपुरमा बालवालिकाहरूलाई न्यानो लुगा वितरण

0 107

पप्पु रेग्मी
पौष २९

पश्चिम नवलपरासी जिल्ला स्थित जितपुर प्राथमिक विद्यालय बर्दघाट ५ बण्डाखोलामा अध्ययनरत बालवालिकाहरूका लागी एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको छ । सौर्य बिक्रम खड्का फाउन्डेसन बण्डाखोलाकी अध्यक्ष समेत रहेकि समाजसेवी प्रतिमा सिंहले आफ्नो जेष्ठ सुपुत्र स्व। सौर्य बिक्रम खड्काको सम्झनामा जितपुर विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकाहरूलाई न्यानो कपडा ( सुईटर बितरण ) गर्नु भएको हो ।
जोडोको समयमा गरीव तथा विपन्न बालबालीकाहरुलाई जाडोवाट बचाउन सहयेग पुगोस भनेर आफुले न्यानो कपडा वितरण गरेको सौर्य बिक्रम खड्का फाउन्डेसनकी अध्यक्ष प्रतिमा सिंहले बताउनु भएको को छ खड्काको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नं। ५ बी वडा अध्यक्ष विमला गुरूङको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण गरीएको थियो ।
कपड वितरण गर्दै वडाध्यक्ष गुरुङ्गले समाजमा उदाहरणिय काम गर्ने भावनाले न्यानो कपडा वितरण गर्नु एउटा पुयण्को कार्य धएको बताउनु भएको थियो साथै उहांले धन्यवाद ज्ञापन समेत गर्नु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द चौधरी, समजसेवी कृष्ण बहादुर सिंह, अरूण सिंह, प्रधानाध्यापक दिपक पोखरेल, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य उत्तम ध्वज के। सी।लगाएतले आफ्नो धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.