Jilla Ban Notis

“प्रथम बर्दघाट वडा अध्यक्ष कप २०७९”को उपाधी बर्दघाट ४ ‘ए’ ले हात पार्यो ।

0 62

कृष्ण ढकाल
बर्दघाट,पौष–२३
गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठान बर्दघाटको आयोजनामा बर्दघाटमा संचालीत प्रथम बर्दघाट अध्यक्ष कप फुटवल प्रतियोगिता–२०७९ को उपाधि बर्दघाट वडा नं. ४ ‘ए’ ले हात पार्न सफल भएको छ ।”प्रथम बर्दघाट वडा अध्यक्ष कप २०७९” को फाइनल खेलमा वडा नम्बर १२ दबिल्लालाई बर्दघाट ४ ‘ए’ आयोजक गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठानले २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो ।
खेलशुरुको पहिलो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि बराबरीमा रहेपनि हाप पछि गौतमबुद्धका जर्सी नम्बर १२ का भिम चौधरीले पहिलो गोल गरी खाता खोल्न शुरु गरेका थिए । त्यस लगत्तै जर्सी नम्बर १४ का विज्ञान गुरुङले अर्काे गोल थप गरेर वडा नं. ४ ‘ए’ २–० को अग्रता कायम राख्न सफल भएको थियो ।

प्रतियोगितामा बिजयी बर्दघाट ४ ‘ए’ ले ५० हजार नगद सहित सिल मेडल र प्रमाण पत्र पाप्तगरेको छ भने उपविजयी वडा नम्बर १२ दबिल्लाले ३० हजार नगद सहित सिल मेडल र प्रमाण पत्र पाप्त गरेको छ ।
प्रतियोगितामा वेष्ट प्लेयर,हाई स्कोर,बेष्ट मिड फिल्डर, हाईस्कोर,बेष्टकिपर,बेष्ट डिफेन्स र उदयमान खेलाडीलाई जनही ३ हजार नगर र अनुसाशित टिमलाई ५ हजार नगद प्रदान गरीएको थियो ।

पुरस्कार वितरण तथा समापन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाठकले खेल क्षेत्रका लागि आफुले आफ्नो क्षेत्रबाट हुने र गर्न सक्ने सहयोग गर्न आफु पछि नहट्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी उहांले खेलकुद सबैका लागि आवश्यक रहेको भन्दै खेलकुद्को विकासका लागि सबै लाग्न आग्रह पनि गर्नु भएको थियो ।
पुरस्कार वितरण तथा समापन कार्यक्रममा बर्दघाट नगरका पहिलो नगर प्रमुख धिरज शर्मा बस्याल लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा गत पुष ८ गते देखि बर्दघाटको क्याम्पा चौरमा भएको अन्तर वडा स्तरीय नकआउट फुटवल प्रतियोगितामा बर्दघाट नगरको वडा नम्वर १ देखि १६ सम्मका खेलडीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.