Jilla Ban Notis

टाइम साकोसको अध्यक्षमा गणेश पाण्डे ( सिसम) सर्बसम्मत चयन

0 212

रामु भुसाल
बर्दघाट,पौष–२३
बर्दघाटमा अवस्थित टाइम बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा गणेश पाण्डे ( सिसम) सर्बसम्मत चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा गंगा पाण्डे ,सचीव डिल्लीराम कंडेल कोषाध्यक्ष ओम प्रकाश डुम्रे र सदस्यहरुमा सुनिता देबकोटा,भरत कंडेल ,राधिका आचार्य ,भगवती ढकाल ,सबिता पाण्डे पन्थ रहनु भएको छ भने,लेखा समितिमा सुदिप सुवेदीको सम्योजकत्वमा ३ सदस्य समिती गठन भयेको छ। जसको सदस्य हरुमा सिर्जना लम्साल र श्याम कला भण्डारी सर्ब सम्म्त चयन हुनु भएको सस्थाका ब्यबस्थापक सुदिप भण्डारीले जानकारी दिनु भयेको छ।
यता
सहकारीलाई उत्कृष्ट र दिगो सञ्चालनका लागी शेयर सदस्य लगाएत सञ्चालक समितिमा शुसासन, पारदर्शिता र निरन्तरता हुन जरुरी रहेको नेफस्कुनका केन्द्रिय वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभएको छ ।
टाइम बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा तथा पाचौँ नेतृत्व चयन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताउनुभएको हो ।

सस्थाका कार्यवाहक अध्यक्ष फुलकुमारी गिरि सिमाको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सस्था लि।नेफस्कुनका केन्द्रिय वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा बोल्दै ढकालले सहकारीहरुले आफ्ना शेयर सदस्यलाई ऋण लगानी गर्दा शेयर सदस्यको खर्च र आम्दानीको लेखाजोखा गरि विशेषत।उत्पादनमुलक काममा लगानी गर्न सके सदस्यको जिविकोपार्जनमा सहयोग हुने बताउनुभयो ।

सो अवसरमा विशेष अतिथिको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघका कार्य समति सदस्य रविन्द्र विक्रम हमालले अझै पनि सहकारी अभियन्ताहरुले शेयर सदस्यहरुलाई सहकारीलाई अपनत्व महशुस गराउन नसकेको हुदा सहकारी शिक्षामा विशेष जोड दिन आग्रह गर्दै शेयर सदस्यले आफ्नो सबै खालका आर्थिक कारोबार आफु रहेको सहकारीबाट गराउन सके त्यसको प्रत्यक्ष लाभ सहकारी र शेयर सदस्यले लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा सस्थाको प्रगति तथा आगामी बर्षको कार्य योजना सम्बन्धी प्रतिबेदन सस्थाका कार्यवाहक अध्यक्ष गिरिले प्रस्तुत गर्नुभएकोथियो ।

कुल ११ करोड ५९ लाख २३ हजार ९ सय १४ रुपैया बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाका कोषाध्यक्ष गंगा प्रसाद पाठकले सस्थाले कुल २४ लाख ९६ हजार९ सउय १६ रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा सम्योजक ओम प्रकाश डुम्रेले प्रस्तुत गर्नुभएको थियो ।

सस्थाका शेयर सदस्य,पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण कारोबारी, उत्कृष्ट बालबचत कर्ता र उत्कृष्ट कर्मचारी गरि सात जनालाई र शेयर सदस्यका छोराछोरी मध्य प्लस टु मा उत्कृष्ट नतिजा ल्याउने १७ जना लाई नगद सहित सम्मानपत्रले सम्मान गरिएकोथियो ।

सस्थाका सञ्चालक समिति सदस्य गणेश पाण्डे सिसमको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव गंगा पाण्डेले गर्नुभएको थियो । बर्दघाट नगरपालिका, विनयीत्रिबेणी र प्रतापपुर गाउपालिका कार्यक्षेत्र रहेको यस सस्थामा १ हजार २ सय ५ महिला र १ हजार २० पुरुष गरि २ हजार २ सय २५ जना शेयरसदस्य आबद्ध रहेका छन भने ३ सय १२ जना बाल बचतकर्ता रहेका छन ।

Leave A Reply

Your email address will not be published.