sunwal

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत

158

पौष–१७
लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन हुनुभएको छ । आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यस्तै उप नेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ । गिरी रुपन्देही २९१०बाट र आचार्य अर्घाखाँची १९१० बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । लुम्बिनीमा एमालेका २९ जना सांसद छन् ।

७ दलीय नयाँ गठबन्धनका आधारमा यहाँ एमालेले सरकारको नेतृत्व गर्ने बलियो आधार छ । माओवादीको ९ प्रदेश सभा सदस्य छन् । सभामुख र मुख्यमन्त्रीको अबको एक हप्ता भित्र सहमतिमा टुंगो लाग्नेसमेत एमाले नेता ढकालले दावी गर्नुभएको छ । @ नेपाल टिभि अनलाईन