Jilla Ban Notis

प्रथम बर्दघाट वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आज १० नं. धुव्रटोल विजयी

0 54

बर्दघाट,पौष–१५
शुक्रबारदेखि बर्दघाट नगरपालिका वडा नम्बर ४ मा सञ्चालन भएको प्रथम बर्दघाट वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आठौँ खेलमा बर्दघाट वडा नम्बर १० धुव्रटोल विजयी भएको छ ।
आज भएको पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर १० धुव्रटोलले बर्दघाट बर्दघाट वडा नम्बर १६ कुकुरमारालाई हराएर विजयी भएको हो ।
निर्धारित अवधिमा १/१ गोलको बराबरी भएपछि नकआउट फुटबल खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा वडा नम्बर १० धुव्रटोलले ४–२ गोल अन्तरले वडा नम्बर १६ कुकुरमालाई हराएको हो ।
आजको खेलको म्यान अफ द म्याच वडा नम्बर १० धुव्रटोलका विजय चौधरी भएका थिए । बर्दघाट नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको आजको खेलको म्यान अफ द म्याच भने पृथ्वीबस्तीका आशिष तामाङ हुन सफल भएका थिए ।
आजको खेलसँगै प्रतियोगिताको पहिलो चरणको खेलहरु सकिएको छ । भोलिदेखि दास्रो चरणको खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलको फाइनल आगामी पुष २३ गते सम्पन्न हुने बताइएको छ ।
उक्त फुटबल प्रतियोगिताको लागि बर्दघाट नगरपालिका वडा नम्बर ४ ले २ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । कुल ३ लाख ९८ हजार खर्चको अनुमान गरिएको प्रतियोगिताको लागि आवश्यक बाँकी रकम भने अन्य स्रोतबाट जुटाइएको आयोजकले जनाएको छ ।  भोली सञ्चालन हुने दोस्रो चरणको खेलमा बर्दघाट वडा नम्बर ४ ‘ए’ र वडा नम्बर १२ बीच प्रतिष्पर्धा हुनेछ ।

Leave A Reply

Your email address will not be published.